कोलोराडोमा सम्पन्न भलिवल प्रतियोगितामा गोर्खाली टिम बिजयी

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो, अमेरिका। २१ औं मगर संघ अमेरिकाको स्थापना दिवसको उपलक्ष्यमा मगर संघ अमेरिका, कोलोराडो च्याप्टरद्वारा आयोजित “1st MAUSA CUP पुरुष भलिवल प्रतियोगिता २०८०” भब्यताका साथ सम्पन्न भएको छ।

कोलोराडोको डेन्भरस्थित प्राइम भलिवल एकाडेमीमा मार्च ३१ मा सम्पन्न खेलमा गोर्खाली भलिवल टिम प्रतियोगिताको बिजेता बन्न सफल भएको हो।

नेपाली मन, गोर्खाली, शिकारी युथ, Aurora युनाइटेड, TPLA र आयोजक टिमसहित जम्मा ६ टिम सहभागिता रहेको उक्त प्रतियोगिताको बेस्ट अफ फाइभमा खेलाइएको फाइनल खेलमा यस क्षेत्रकै चर्चित भलिवल क्लव “नेपालि मन” लाई हराउदै गोर्खालीले १ सेटको बिरुद्ध ३ सेट आफ्नो पोल्टामा पारि च्याम्पियनको ट्रफी उचाल्न सफल बन्यो।

“ग्रुप A” र “ग्रुप B” बिभाजन गरि लिग चरणमा खेलाईएको खेल “ग्रुप A” बाट नेपाली मन ग्रुप बिजेता र Aurora युनाइटेड ग्रुप Runner UP, “ग्रुप B” बाट गोर्खाली ग्रुप बिजेता र TPLA ग्रुप Runner UP हुदै सेमिफाइनलमा प्रवेश गरेको थियो । दुवै टीमले सेमिफाइनलमा आफ्नो प्रतिद्वन्दी टिमलाई सोझो सेटमा पराजित गरि फाइनलमा प्रवेश गरेको थियो । यस प्रतियोगिताको बेस्ट प्लेयर गोर्खालीका ओम प्रकाश मल्लले पाए भने बेस्ट सेटर नेपाली मनका गौ प्रसाद गुरुङले पाउन सफल भए।

मगर संघ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष श्री कृष्ण थापा मगरको अध्यक्षतामा खेल उद्घाटन तथा समापन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी मगर संघ अमेरिका केन्द्रिय समितिका सल्लाहाकार लछुमन राना मगर, अतिथीमा मगर संघ अमेरिका केन्द्रिय समितिका पश्चिम क्षेत्र उपाध्यक्ष टेक थापा मगर र मगर संघ अमेरिका केन्द्रिय समितिका सदस्य केशब थापा मगर र संयोजक मगर संघ अमेरिका, कोलोराडो च्याप्टरका बिनोद आले मगर रहेको उपस्थिती रहेको थियो।

अतिनै रोमान्चक र प्रतिस्पर्धात्मक रुपमा सम्पन्न खेलमा प्रथम हुने टिमलाई १२ सय डलर नगद, ट्रफि, मेडल र प्रमाण पत्र र उप-विजेतालाई छ सय डलर नगद , ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै बेस्ट प्लेयर र बेस्ट सेटरलाई हौसला स्वरुप ट्रफि र प्रमाणपत्रले पुरष्कृत गरिएको थियो । यस क्षेत्रमा केहि लामो समय आयोजना नगरिएको भलिवल प्रतियोगिता मगर संघ अमेरिका, कोलोराडो च्याप्टरले त्यसको आइस ब्रेक गर्न सफल भएकोमा भलिवल खेल प्रेमीहरु उत्साहित भएको टेक बहादुर थापाले जानकारी दिए।





Comments

comments

111789