Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
प्रधानमन्त्री अोलीको चीन भ्रमणको एजेण्डा यस्ता छन् – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रधानमन्त्री अोलीको चीन भ्रमणको एजेण्डा यस्ता छन्

प्रधानमन्त्री केपी ओलीको चैत पहिलो साता हुने साताव्यापी चीन भ्रमणका लागि सरकारले एजेन्डा तयारी थालेको छ।

परराष्ट्र मन्त्रालयको संयोजनमा सरोकारवाला मन्त्रालयले प्रस्तावित विषय समेटिएको एजेन्डा मस्यौदा तयार गरेका छन्। परराष्ट्रसचिव शंकरदास वैरागीको संयोजनमा मंगलबार र परराष्ट्रमन्त्री कमल थापाको संयोजनमा बुधबार एजेन्डा तय गर्न बैठक भएको खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छ। चीनसँग व्यापार, लगानी, पर्यटन, दुईदेशीय परियोजनामा सम्झौता गर्ने गृहकार्य सरकारले गरेको छ।

इन्धन खरिद सम्झौताको गृहकार्य
इन्धनको मूल्य र कर छुट, नेपाललाई सहज हुने ठाउँमा ढुवानी र सडक निर्माणमा चिनियाँ सहयोगका विषयमा प्रस्ताव तयारी भइरहेको छ । नेपालमा कुल खपतको ३० प्रतिशत इन्धन चीनबाट ल्याउने सरकारी निर्णयअनुसार चीनसँग खरिद सम्झौताका लागि तयारी भइरहेको छ । स्रोतका अनुसार मूल्य समायोजनमा चीनलाई मनाउने कोसिस हुनेछ, चीन सहमत भएमा सम्झौता हुन्छ।

चीनसँग स्वतन्त्र व्यापार सम्झौता (एफटिए) को मस्यौदा
भ्रमणमा स्वतन्त्र व्यापार सम्झौता (एफटिए) गर्ने तयारी छ । नेपालले यससम्बन्धी पठाएको प्रस्तावमा चीनले सकारात्मक जवाफ पठाइसकेको छ । यसबारे आन्तरिक छलफल भइरहेको वाणिज्य मन्त्रालय स्रोतले बतायो।

व्यापार तथा पारवहन सन्धि
नेपाल र चीनबीच व्यापार तथा पारवहन सन्धिको प्रस्तावित मस्यौदा आदान–प्रदान भइसकेको छ । प्रधानमन्त्रीको भ्रमणमा टुंग्याउने तयारी छ ।

दुईपक्षीय लगानी संरक्षण तथा सुरक्षण सम्झौता (बिप्पा)
चीनले ०६९ मा बिप्पाको मस्यौदा प्रस्ताव गरेको थियो । नेपालले ०७१ मंसिरमा मस्यौदा अध्ययन गरेर जवाफ पठाएपछि चीनले चासो दिएको छैन । ‘सुरुमा चीनले जे–जति चासो दिएको थियो, पछिल्लो १५ महिनामा कुनै जवाफ आएको छैन, हामीले दुईपटक यसबीचमा चीनलाई यसबारे स्मरण गराएका छौँ,’ परराष्ट्र स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘चीनको अहिलेसम्म जवाफ आएको छैन । समयका हिसाबले पनि अब बिप्पा यसपटक सम्भव हुँदैन।’

सीमानाका तथा पूर्वाधारमा सहयोग
परराष्ट्रमन्त्री कमल थापाको ८ देखि १४ पुससम्मको चीन भ्रमणका क्रममा तातोपानी नाका नेपाल–चीन मित्रताको प्रतीक भन्दै सुचारु गर्नुपर्ने तथा केरुङ नाका वर्षभरि सुचारु गर्ने गरी पूर्वाधार निर्माण गर्न नेपालले चीनसँग सहयोग प्रस्ताव भएको थियो । यसबाहेक संखुवासभाको किमाथांका र मुस्ताङको कोरला नाका खोल्न र कम्तीमा दुई लेनको बाटो चीनले बनाइदिन पनि प्रस्ताव गरेको थियो । चीनले सकारात्मक छौँ भन्ने जवाफ दिएको छ, तर यसबारे ठोस प्रगति छैन । तातोपानी नाका भौगर्भिक हिसाबले अहिले नै सञ्चालन गर्न नसकिने जवाफ चीनले सरकारलाई पठाइसकेको छ।





Comments

comments

Leave a Reply

11411