नइका चार कृतिको लोकार्पण

काठमाडौँ २०८१ वैशाख ३० गते। वानीरा फाउन्डेसनले आज एक समारोह बीच राजधानी काठमाडौँमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०५ औँ जयन्ती मनायो।

सोही अवसरमा वानीरा फाउन्डेसनका संस्थापक इन्जिनियर शङ्कर गिरी, भूपालमानसिंह कार्की प्रज्ञापरिषदका अध्यक्ष लोकमानसिंह कार्की तथा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले नइ प्रकाशनबाट प्रकाशित चार वटा कृतिको लोकार्पण गर्नुभयो।

प्रा.डा.उषा ठाकुरबाट सम्पादित ‘सुनीता कार्कीको काव्यकारिता’, प्रा.डा.सावित्री कक्षपतीद्वारा लिखित ‘नरेन्द्रराज प्रसाईको अर्जुनदृष्टि : ललितत्रिपुरसुन्दरी’, डा.अम्बिका अर्यालद्वारा लिखित ‘नारीअस्तित्व र इन्दिरा प्रसाईका उपन्यास’ र अणुराज जोशीद्वारा सामू उप्रेतीको उपन्यास ‘तिम्रो म’को नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनुदित ‘आइएम् योर्स’ नामक कृतिहरु आज लोकार्पण भएका हुन्।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा सुनीता कार्की, प्रा.डा.सावित्री कक्षपती, डा.अम्बिका अर्याल, अणुराज जोशी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिहरुबारे मन्तव्य प्रकट गर्नुभयो।

नरेन्द्रराज प्रसाई
सदस्यसचिव
वानीरा फाउन्डेसन

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

116333