तमु प्ये ल्हु अमेरिकाको १०औं बार्षिक उत्सव, सांस्कृतिक कार्यक्रमसंगै अन्तर स्टेट भलिबल प्रतियोगिता सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो अमेरिका। अमेरिकाको कोलोराडोमा नेपाली समुदायबीच पहिलो पटक अन्तर स्टेट स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

तमु प्ये ल्हु अमेरिकाले १०औं बार्षिक उत्सबको अवसर पारेर आयोजना गरेको कार्यक्रम, एनआरएनए कोलोराडो च्याप्टर र कोलोराडो नेपाली युथ क्लबको सहआयोजनामा जुन २९ र ३० तारिखका दिन तेश्रो टीपीएलए कप तथा पहिलो अन्तर स्टेट स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको हो।

अमेरिकाका ६ राज्यका १० टिमले भाग लिएको खेलमा सबै टिमलाई पछि पार्दै रूकुम टेक्सास पहिलो भएको थियो भने टेक्सासकै सजनी टिम दाश्रो भएको थियो।

भलिवल खेलको फाईनल नतिजालगत्तै नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा दीप प्रज्वलन गरेर सुरू गरिएको प्रथम चरणको कार्यक्रममा गुरूङ समुदायको बिभिन्न धर्म, संस्कृति परम्पराको बारेमा जानाकारीमूलक अन्तर्क्रिया सम्पन्न भएको थियो। अन्तर्क्रिया कार्यक्रमका सहजकर्ताहरू प्ये ता ल्हुता बिध पच्यु पैन्डी चिब तथा तमु प्ये ल्हु संघ यूकेका खेगी बिभागका अध्यक्ष पीपीसी जित क्रोम्छे तमु र मिनबहादुर क्रोम्छे तमु रहेका थिए । उनीहरूले पृथ्वीको उत्पति तमुको शास्त्र तमु धर्म सस्कर संस्कृति, तमु खेगी, पूजा आजामा पशु पंक्षिको बली, प्रकृतिकसँग अन्तरसम्बन्ध बारेमा प्रष्टयाएका थिए ।

अन्तर्क्रिया कार्यक्रमपछि नेपाल र अमेरिकाको राष्ट्रियगान गाएर शुरू गरिएको दोश्रो चरणको कार्यक्रममा बिभिन्न अतिथिहरूबाट शुभकामना मन्तब्य, खेलका बिजयी कलाकारहरूलाई पुरस्कार बितरण र सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको थियो।

तमु प्ये ल्हु अमेरिकाका अध्यक्ष चक्र क्रोम्छे तमुको सभापतित्व सम्पन्न कार्यक्रममा समारोहका प्रमुख अतिथि एनआरएनए कोलोराडो च्याप्टर अध्यक्ष प्रकाश पौडेलले र तमु प्ये ल्हु अमेरिकाका पदाधिकारीहरूले भलिबल प्रतियोगितामा पहिलो र देश्रो हुने टिमका खेलाडीहरूलाई मेडल, प्रमाण पत्र, ट्रफि र नगद पुरस्कार प्रदानगरी सम्मान गरेका थिए । त्यस्तै सोही समारोहमा भलिबलको बिभिन्न बिधामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरू र नेपालका राष्ट्रिय खेलाडीहरू कैलाश भट्ट, रोमन श्रेष्ठ र रेफ्री राजेन्द्र शेरचनलाई अवार्ड प्रदान गरी सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रम भब्यताका साथ सफल बनाउन सहयोग गर्ने दाताहरूलाई मायाँको चिनो प्रदानगरी सम्मान गरिएको तमु प्ये ल्हु अमेरिकाका उपाध्यक्ष सन्तोष गुरूङले बताएका छन्।

प्रमुख अतिथि एनआरएनए कोलोराडो च्याप्टर अध्यक्ष प्रकाश पौडेल, अमेरीका भ्रमणमा रहेका नेपाल नेत्र ज्योती संघका अध्यक्ष चेतराज पन्त, एनआरएनए कोलोराडो च्याप्टरका युवा संयोजक तथा उक्त टीपीएलए कप प्रतियोगिताका इभेन्ट को–अर्डिनेटर चन्द्र गुरुङलगायत तमु प्ये ल्हु अमेरिका बिभिन्न पदाधिकारीहरूले कार्यक्रममा शुभकामना बक्तब्य दिएका थिए।





Comments

comments

120854