सरकार ढाल्न छिमेकमा साउती

एमाले महासचिव ईश्वर पोखरेलले वतर्थमान सरकारको लोकप्रियताका कारण भयभीत केही नेताहरुले सरकार परिवर्तनका लागि छिमेकीसँग साउती गर्न थालेको आरोप लगाएका छन्।

एमाले निकट नेपाल ट्रेड युनियन महासंघले मजदुर दिवसका अबसरमा आइतबार राजधानीमा गरेको कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्।

ओली सरकारको लोकप्रियता नीति तथा बजेट ल्याउने भयका कारण केही राजनीतिक दलका नेता सरकार ढाल्न छिमेकमा गएर साउती मार्न थालेको बताए। कुनै पार्टीको नाम नलिए पनि उनको अभिव्यक्ति हालै दिल्लीबाट फर्केका कांग्रेस सभापति शेरबहादुर देउवाप्रति लक्षित थियो। अन्नपूर्ण पोस्टमा समाचार छ।

‘संविधान जारी गरेपछि एमालेले अब बजेट, नीति र कार्यक्रममार्फत लोकप्रियता हासिल गर्ने भयो भनेर छिमेकतिर दौडादौड गरेर सरकार परिवर्तनको खेल सुरु भएको छ,’पोखरेलले भने।

संविधान जारी हुनु अघि गरिएको १६ बुँदे सहमति नमान्दा कोही चिप्लिएर लडेपनि आफूहरु त्यसलाई उठाएर डार्याउन तयार भएको स्पष्ट पारे।





Comments

comments

Leave a Reply

12269