विदेशमा पनि नेपाली जुवाडेको मोज

नखेल्नु जुवा र तास
धनको नास जीवनको बनीबास

जुवाडेलाई संकेत गरी जुवातास खेल्न हुन्न भन्ने सामाजिक सन्देशसहित तयार पारिएको यो गीत कुनैबेला नेपाल संगीत पारखीको मुखैमा झुण्डिएको थियो।

भारतको पर्यटकीय सहर गोवाको समुद्रमाथि सञ्चालित डेल्टिन रोयल क्यासिनोमा ग्राहक देख्दा यो गीत सार्थक लाग्दैन। जब साँझ पर्न थाल्छ ग्राहकको घुइँचो लागिहाल्छ। र मध्यरातसम्मै खाल जम्छ।

शान्त समुद्रको आनन्द लिँदै जुवा खेल्न पाउनुलाई उनीहरूले ठूलो प्राप्ती ठान्छन्। शुक्रबारदेखि आइतबारसम्म ग्राहकको ताँती नै लाग्ने रोयलका महाप्रबन्धक निर्माण बताउँछन्। आजको नागरिक दैनिकमा खबर छ।

जुवाका त्यस्ता खालमा सहभागी हुन नेपाली पनि त्यहाँ पुग्छन्। ‘क्यासिनोमा गएर रमाइलो गर्ने मेरो आदत छ। म आफ्नो व्यवसायमा धेरै मेहनत गर्छु अनि मनोरञ्जन पनि पुरापुर गर्न चाहन्छु,’ रोयलमा भेटिएका भक्तपुरका नबिन शर्मा (नाम परिवर्तन) ले भने,‘नेपालमा सरकारले स्वदेशीलाई क्यासिनो प्रवेश निषेध गरेपछि यता आउन थालेको हुँ।’

उनले आफू जग्गा कारोबारी भएको पनिल बताए।





Comments

comments

Leave a Reply

12354