Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायत र नेपालका स्रष्टाहरुले यसरी मनाए शताब्दीपुरुषको जन्मोत्सव

एचकेनेपाल डट कम संवादादाता –
नेपाली साहित्य विकास परिषद् यूके र यसको नेपाल च्याप्टरका सल्लाहकार तथा कार्यसमितिका पदाधिकारीहरूको साहित्यिक भेलाले ९० वर्ष पुगिसकेका साहित्यकारहरूको जन्मोत्सव मनाउने नीति अनुसार आज विशिष्ट साहित्यकार तथा संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको ९७औँ जन्मोत्सव मनाएको छ।

बेलायतबाट आउनुभएका नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक अध्यक्ष साहित्यकार सुरेश जंग शाहका साथ नेपाल च्याप्टरका सल्लाहकार गोपाल पराजुलीसहित कार्यसमितिका पदाधिकारीहरू अध्यक्ष साहित्यकार इल्या भट्टराई, महासचिव पत्रकार हरिशरण लामिछाने, साहित्यकार पत्रकार जयदेव भट्टराई, साहित्यकार ललिता दोषी, साहित्यसेवी राजेशजंग शाह आदिको साहित्यिक भेलाले विशिष्ट साहित्यकार तथा संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीको निवासमा गएर फूलमाला, मिठाइ र पुष्पगुच्छाका साथै सगुन दिई शुभकामना अर्पण गरेर दीर्घायुको कामना गर्यो।

उक्त अवसरमा उठेका साहित्यिक प्रश्नको साहित्यकार तथा संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीले साहित्यकारहरूसँग बिचारको आदान–प्रदानमा प्रफुल्ल मुद्रामा उत्तर दिँदै नेपाली साहित्य विकास परिषद् यूके र यसको नेपाल च्याप्टरले उहाँप्रति देखाएको सम्मानका लागि धन्यवाद दिँदै प्रशंसा गर्नु भएको थियो।





Comments

comments

Leave a Reply

12469