Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा तमु प्ये ल्हु संघले गर्यो भव्य समर कार्यक्रम

एचकेनेपाल डट कम संवाददाता-
फार्नबरो। तमु प्ये ल्हु संघ युकेले यस बर्षको आफ्नो बार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम विविध कार्यक्रमहरुसहित भव्य रुपले सम्पन्न गरेकोछ। सामुयल कोडी स्पेशलिष्ट स्पोर्ट्स् कलेज फार्नबरोमा सम्पन्न भएको उक्त कार्यक्रम पारिवारिक एवं सौहार्दपूर्ण वातावरणमा आयोजना गरिएको थियो।

फोटोः मिलन तमु / एचकेनेपाल डट कम

संघको द्धितीय उपाध्यक्ष हुम बहादुर क्होल तमुको संयोजकतवमा एउटा मुल आयोजक समिति गठन गरी कार्यक्रमलाई व्यवस्थित र सहज बनाइएको थियो। कार्यक्रममा दैविक प्रकोप तथा गर्मी समयमा फैलन सक्ने विभिन्न रोगव्याधिको रोकथाम तथा भूमण्डल, वायुमण्डल र मानव जीवनको सन्तुलनको लागि तमु जातिको परम्परागत धार्मिक पूजा अन्तरगतका छ्योप र थोँसो त्हेँ गरिएको थियो भने तमु पुरोहित पच्युगुरु र क्ल्हेप्रीगुरुले पूजा सम्पन्न गराएका थिए। यसैगरी कुल प्हच्यु र बिष्णु टु तमुले पूजामा आवश्यक पर्ने सबै सामाग्रीहरु उपलब्ध गराई सहयोग गरेका थिए भने पूजा व्यवस्थापन संयोजन नौ बहादुर म्होब्छे तमुले गरेका थिए।

कार्यक्रममा मनोरञ्जनको लागि विभिन्न खेल, राफल ड्र र नाचगान समावेश गरिएको थियो साथै विभिन्न खेल र राफल ड्रमा विभिन्न आकर्षक पुरस्कारहरु राखिएका थिए। राफल ड्रका लागि पहिलो, दोश्रो, तेश्रो, चौथो, पाँचौँ र छैटौँ पुरस्कारहरु क्रमशः ४२’ टिभि, डिजिटल क्यामेरा, माईक्रोवेभ, १०० पाउण्ड नगद, मसाजर र डिभिडि प्लेयर थियो जुन क्रमशः द ग्रेट गोर्खा रेष्टुरेण्ट, पोखरा ट्राभल एण्ड मनी ट्रान्स्फर, जिनर्जी लिमिटेड, क्रस्ड् खुकुरी गोर्खा रेष्टुरेण्ट, ईन्टिग्रेटिड गोर्खा सेक्युरिटी सर्भिसेज् लिमिटेड् र मान बहादुर म्ह्रु तमुले प्रायोजन गरेका थिए।

त्यसैगरी सातौँदेखि बिसौँसम्मका अन्य पुरस्कारहरु क्या. बुद्धि कुमार पर्जु, बुद्धि क्रोम्छे, पूर्णबीर प्हच्यु, गीर बहादुर लँई, खेम सर्बुज, मिन बहादुर प्हच्यु, जीत बहादुर त्होर्जे, नर बहादुर टु, पितम ल्होँ, जगत प्हच्यु, गोर्खा प्यालेस रेष्टुरेण्ट, खमिरजङ्ग केप्छे र टिना एण्ड साराले प्रायोजन गरेका थिए भने घैँटो फुटाउने खेलको प्रथम, द्धितीय र तृतीय पुरस्कार संयोजक हुम बहादुर क्होल तमुले प्रायोजन गरेका थिए।

कार्यक्रममा लोक दोहोरी गायक मोहन राज गुरुङले गीत गाएर सबैलाई नचाएका थिए भने तमु जाति र सँस्कार सँस्कृतिको बारेमा जानकारीमूलक पुस्तक तथा डिभिडी आदि बिक्री बितरण गरिएको थियो। अनौपचारिक रुपमा एक कार्यक्रम गरी बेलायतमा हालसम्म घलेक द साईन अफ लभ फिल्म प्रदर्शनीको लागि विशेष सहयोग पुर्याएका क्षेत्रिय प्रतिनिधिहरुलाई घलेक फिल्म युनिटले नेपालदेखि पठाएको सम्मान पत्र प्रदान गरिएको थियो भने लम्जुङ्ग, दशथर घलेगाउँमा निर्मित क्होईवोँ धीँको निर्माणको लागि सहयोग प्रदान गरेका दाताहरुलाई रन बहादुर टु तमुले ह्रेँगा र क्रमु ओढाई सम्मान गरेका थिए।





Comments

comments

125