Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रंगीन दुनियाँकी स्मृति

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौँ: अचम्मको शहर काठमाडौँ हजारौ युवा युवतीले आफ्नो भबिष्य निर्माण गर्ने शहर सबैको केन्द्र बिन्दु राजधानी काठमाडौँ साथै यहाँको रंगिन दुनियामा भुल्न नचाहने मानिस सायद कमै होलान्।

यहि शहरमा दुखपीडा पनि त्यतिकै लुकेका छन् भने सफलता थोरै मानिसले मात्र पाउछन् यो शहरमा। काठमाडौँ शहर, सपनाको शहर जहाँ दैनिक लाखौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडि बढ्छन्।

त्यसै सपनासंग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो। युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान्। नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ।

त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडि बढदै गरेकी छन् मोडल स्मृति श्रेष्ठ।

बिगत दुई बर्षदेखि सिने नगरीमा संघर्ष गर्दै आएकी स्मृति अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन्। त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन्।

भर्खरै मात्र फोटोग्राफर राजेश राउतबाट फोटो शुट गराएकी स्मृतिले अब आउने दिनहरुमा मोडलिङ क्षेत्रलाई ब्यबस्थित गर्न पनि लागि पर्ने बताउछिन्। नृत्य र अभिनयमा पोख्त स्मृति सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन्। चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार नै उनीप्रतिको आकर्षण पनि हो।

उनी मेहनतका साथ अभिनय कलालाई अझै निखारता ल्याउदै मोडलिङ अर्थात सिने नगरीमा स्थापित हुन चाहन्छिन्। रामेछाप पुर्ख्यौली घर भएकी स्मृति अहिले काठमाडौँको बानेश्वरमा बस्छिन्।

भर्खर २२ औ बसन्तमा प्रवेश गरेकी मोडल स्मृति श्रेष्ठ हेर्दा पनि आकर्षित छिन्। हाँसिरहने शालीन स्वभाबकि मोडल स्मृति श्रेष्ठले अहिलेसम्म पाँच वटा म्युजिक भिडियो र एउटा सर्ट मुभीमा काम गरिसकेकी छिन्।

उनी भन्छिन् यदि कसैबाट राम्रो म्युजिक भिडियो तथा फिल्महरुमा अफर आएमा खेल्ने सोचमा पनि छिन्। सानै उमेरदेखि नृत्यमा रुचि राख्ने स्मृति अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिषरत छिन्।

स्मृतिले भनिन्, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु। उनि भन्छिन् मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलता को शिखर चढ्न सकिन्छ।

जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन्। परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडी बढेकी स्मृति श्रेष्ठलाई हाम्रो तर्फबाट पनि अग्रिम शुभकामना।

फोटो : राजेश राउत





Comments

comments

Leave a Reply

12502