काँडेतार लिएर गायिका सत्यकला राई युकेमा

मेडवे, केन्ट। नेपाली कथानक चलचित्र “काँडेतार” प्रदर्शन गर्न फिल्म लिएर कार्यकारी निर्मात्री गायिका सत्यकला राई अहिले युके आई पुग्नु भएको छ।

नेपालको राजनीति, ब्यापार र अन्य कुरामा मात्र होइन खुला सीमानाका कारण हुने अपराध, जनताले भोग्नु पर्ने सास्ती, थिचोमिचो, छिमेकी देशको हेपाहा प्रवृति बिरुद्द आत्म रक्षा र देशको अस्मिता रक्षाका लागि सामाजिक संजालमा मात्रै देश भक्तिको हुंकार लाएर होइन, युवाहरु जाग्नु पर्छ र देशको रक्षार्थ उठ्नु पर्छ।

माटो, देश, इतिहास अनि जनताको सार्वभौमसत्ता सबैभन्दा महत्वपूर्ण हो, सिमानामा भइरहेको हिंसा, लुटपाट र हस्तक्षेप कति सहने ? देशको इज्जत/नागरिकको इज्जत र समाजको सुरक्षा, देशमा सबैको अस्तित्वभन्दा ठूलो केही छैन भन्ने मूल संदेश बोकेको फिल्मको नेतादेखि चलचित्रकर्मी पत्रकार बुद्धिजीवी र देशभक्तहरुले सह्राहना गर्दै अत्यन्तै राम्रो प्रतिक्रिया दिए पनि फिल्मले चर्चा पाए जसरि सहज तरिकाले फिल्म चल्ने बाताबरण भने मिलेन।

चलचित्रले आफ्नो अस्मितामाथि धावा बोल्ने चाहे जो होस् त्यसबिरुद्द उभिन आँट गर्न जागरुक बनाउने र सिमानामा काँडेतार लगाएर देशको सुरक्षा गर्नु पर्ने कथा बोकेकै कारण सेन्सरदेखि प्रदर्शनसम्मै अनेक समस्या र बिबादको घेराबन्दीका कारण नायक तथा निर्देशक नवल खड्काले चलचित्र चलिरहेकै अवस्थामा प्रदर्शन रोकेर हलबाट उतारेका थिए।

चेली माइति इन्टरटेइनमेन्ट र न्यु होराइजनको सहकार्यमा काँडेतार युकेमा सेप्टेम्बर १५ तारिख आइबार अल्डर्सटको एम्पायर हलमा दिउँसो १ बजे पहिलो शो हुनेछ। सोही दिन दिउँसो ४:३० बजे दोश्रो शो गरेर युकेका बिभिन्न स्थानमा “काँडेतार” कार्यकारी निर्मात्री र सह-निर्माताहरुको उपस्थितिमा प्रदर्शन हुने छ।

सेन्सर गरेर आफ्नो चलचित्रको मर्म नै धरापमा पारेको र प्रदर्शनका क्रममा पनि अनेक बाधा व्यवधानका कारण प्रदर्शन रोक्न बाध्य पारिएकाले दर्शक दीर्घामा आफैले फिल्म पुर्याएर प्रदर्शन गर्न, सकेसम्म प्रयास गर्ने कुरा नायक तथा निर्देशक नवल खड्काले प्रष्ट पारिसक्नु भएको छ।

माकिको राई, उज्वल केसी, नाडिया खड्का, शानिया खड्का र रोमियन लिम्बूको निर्माण, निर्देशक नवल खड्का, कास्ट:- नवल खड्का, सुरविना कार्की, रेबिका गुरुङ, मुरलीधर, रोमियन लिम्बू लगायत अन्य रहेका छन्।

चलचित्र बेलायतमा भब्य सफल तरिकाले चलोस र दर्शकहरुको मन जित्न सफल होस् शुभकामना! आफ्नो नजिक प्रदर्शन हुँदा फिल्म हेरेर फिल्मलाई नेपालमा चल्न नदिईनुका कारण केलाउनु होला। छिमेकीको थिचोमिचो कति सम्म सहनु पर्ने हो ? कि सिमानामा काँडेतार नै लगाएर बस्नु पर्ने हो फिल्म हेरेपछि निर्णय गर्ने जिम्मा तपाईं दर्शकहरुलाई नै।

भूमिराज राई
मेडवे, केन्ट,युके





Comments

comments

125081