Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालको आफ्नै पानीजहाज : ओली

प्रधानमन्त्री केपी ओलीले नेपालले आफ्नै पानीजहाज सञ्चालन गर्ने बताएका छन् । केही वर्षभित्र नेपालले आफ्नै पानीजहाज महासागरहरूमा चलाएर देखाउने ओलीको दाबी छ ।

अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठक मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अरू देशले पानीजहाज खरिद गरेर सञ्चालन गर्न सक्छन् भने नेपालले किन सक्दैन ?’ उनले सामान ढुवानी गर्न नयाँ नाका खोलिने बताउँदै केही समयपछि सरकारले बन्दरगाह आफैँ लिएर सञ्चालन गर्ने बताए ।

‘पानीजहाज प्रयोग हुने बन्दरगाह प्रयोग गर्ने मात्र होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालले आफ्नो पानीजहाज प्रशान्त र हिन्द महासागरमा चलाउनुहुँदैन भन्ने केही छैन । नयाँपत्रिका दैनिकमा खबर छ।

आफ्नै पानीजहाजमा हामी सामान ल्याउँछौँ, आफ्नै रेलमा सामान तीन दिनमा काठमाडौं आइपुग्छ ।’ आफैँ बनाइन्छ फास्ट ट्रयाक काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक जसरी पनि स्वदेशी लगानीमा बनाइछाड्ने प्रधानमन्त्री ओलीले बताएका छन् । फास्ट ट्रयाक निर्माण गर्न विदेशीलाई जिम्मा दिन हुने उनको भनाइ थियो।





Comments

comments

Leave a Reply

12514