फेसबुकबाट हमालको जवाफ

अभिनेता राजेश हमाल विवाह बन्धनमा बाँधिएको लामो समय भएको छैन । तर, उनको सम्बन्धविच्छेद हुनै लाग्यो भन्ने गसिप बन्न थालेको लामै भइसक्यो ।

यसबारे अहिलेसम्म हमालले केही बताएका थिएनन् । उनी चुप रहेपछि अड्कलबाजी गर्नेलाई थप बल मिलेको थियो । तर, अब यस्ता अड्कलबाजीलाई हमालले जवाफ दिएका छन् । त्यो पनि फेसबुकबाट ।

फेसबुकमा मंगलबार राजेशले पत्नी मधुसहितको फोटोलाई ‘कभर पिक’ बनाएका छन् । मंगलबार बिहान हमालले फेसबुकमा राखेको फोटोमा साँझसम्म १४ हजारभन्दा धेरैले लाइक हानेका छन् । त्यसमा कमेन्ट गर्नेको संख्या पनि कम छैन । नयाँ पत्रिका दैनिकमा खबर छ। अधिकांशले भने यो तस्बिरलाई सम्बन्धविच्छेदको ‘गसिप’लाई कडा जवाफ भएको टिप्पणी गरेका छन् ।





Comments

comments

Leave a Reply

12516