Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मकाउमा नेपालीहरुद्वारा रक्तदान…

जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम –
मकाउ, गैरआबासीय नेपाली संघ मकाउले प्रथम पटक मकाउमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

“रक्तदान नै जीवनदान” हो भन्ने नारालाई नै मुल मन्त्र मानेर गैरआबासीय नेपाली संघ मकाउले आयोजना गरेको रक्तदान कार्यक्रममा करीब ५० जना जतिले रक्तदान गरे।

रक्तदान कार्यक्रममा गैरआबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल, उपाध्यक्ष राजेश प्रसाई, कार्य समितिका सदस्यहरूसहित मकाउमा कार्यरत नेपालीहरूले दिल खोलेर रक्तदान गरेका थिए। कार्यक्रममा बिदेशी नागरिकहरूको पनि उपस्थिति रहेको थियो।

रक्तदान अझै मे १९ र २५ तारिख दुई पनि आयोजना गरिने भएको हुनाले उक्त दिनहरूमा उपस्थित भई रक्तदान गरी दिन संघले आग्रह गरेको छ।

रक्तदान कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष बरूवालले आउँदा दिनहरूमा पनि रक्तदान कार्यक्रम आयोजना गरिने बताए। बरुवालले यस्ता सामाजिक कार्यहरू गर्दा नेपाली नेपाली बीच भाबनात्मक सम्बन्धको बिकास हुने बताए।

तस्बिर: जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम । थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

12523