बन्ला त नयाँ शक्ति पार्टी? कि हल्लामै सिमित रहने हो…?

विभिन्न टुक्रामा विभक्त माओवादी घटक एकै ठाँउमा जुटेर एउटै पार्टी बनाउने तयारीमा रहेको बेला मार्क्सवाद नै पूरानो भएको भन्दै नयाँ शक्ति निर्माणको अभियानमा जुटेका डा. बाबुराम भट्टराई यतिखेर सामाजिक सञ्जालमा नै व्यस्त रहेका छन् ।

नयाँ शक्तिलाई पार्टीको रुपमा परिणत गर्ने भन्दै डा भट्टराईले तयारी गरेको लामै समय भयो । कहिले एक लाख पार्टी सदस्य भएपछि पार्टी घोषणा गर्ने भनेका छन् भने कहिले सबै तयारी नभएको भन्दै उनले सधै पर पर सार्दै आएका छन् । पटक पटक घोषणाको मिति सार्दै आएका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ।

केन्द्रीय परिषद्मा मनोनयन गरेका बाहेक कुनै पनि जिल्लामा गतिलो सदस्य समेत भेला भएका छैनन् । नयाँ शक्तिको नाम मात्रै भजाएको भन्दै डा भट्टराईको पछाडि मात्रै लागेर हुँदैन भन्दै दुई दर्जनको हाराहारीमा केन्द्रीय परिषद्का सदस्य एमाओवादीमा फर्केका छन्।

डा भट्टराईले गरि खाँदैनन् भनेर उनीहरु एमाओवादीमै फर्केका हुन् । यस्तै नयाँ शक्ति भनेर लागेका धेरै जसो पूर्व माओवादी नेता तथा कार्यकर्ता पनि एमाओवादी नै फर्कने तयारीमा रहेका छन् । यस्तै मुमाराम खनाल र रामेश्वर खनालहरुले पछिल्लो दिनमा डा भट्टराईलाई बदनाम गराउन लागिपरेको भन्दै पूर्व माओवादीहरुले आपत्ति जनाएका छन् ।





Comments

comments

Leave a Reply

12553