Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आफ्ना नागरिक पक्राउ परेपछि बेलायतले यसरी दियो चेतावनी…

बेलायतले नेपालमा भइरहेका राजनीतिक गतिविधिमा सहभागी नहुन आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

बेलायती विदेश मन्त्रालयले हालै अद्यावधिक गरेको ‘ट्राभल एड्भाइस’ मा आफ्ना नागरिकलाई नेपालमा भइरहेका राजनीतिक गतिबिधीमा सहभागि नहुन र भएको खण्डमा नेपालको कानुन अनुशार दण्डित गर्दै देश निकाला गर्न सक्ने भन्दै सचेत गराइएको छ ।

बेलायती विदेश मन्त्रालय ‘फरेन एन्ड कमन वेल्थ’ ले नेपालमा हुने प्रदर्शनहरुबाट टाढा रहन नेपाल भ्रमणमा जाने बेलायती पर्यटकलाई आग्रह गरेको हो ।

मधेशी दलहरुको काठमाडौ केन्दित्र आन्दोलनका क्रममा चार जना बेलायती नागरिक संलग्न भएको भेटिएको थियो ।

ती बेलायती नागरिकहरुले ‘लिम्बुवान’ लेखिएको रातो फेटा टाउकोमा गुथेर मधेशी दलको आन्दोलनमा नारा लगाएका तस्बिर सार्वजनिक भएका थिए । ती मध्ये एक जनालाई तस्बिरका आधारमा पक्राउ गरी प्रहरीले पछि निर्दोष भन्दै रिहा गरेको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।

बेलायतीहरु काठमाडौमा पक्राउ परेका समाचार सार्वजनिक भएको एक साता पछि बेलायतले आफ्ना नागरिकलाई नेपालका राजनीतिक गतिविधि सहभागी नहुने अपिल गरेको हो ।





Comments

comments

Leave a Reply

12560