Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भेरी नदीमा पुल नहुँदा तुइनबाट गाडी वारपार !

जाजरकोट डोल्पा सडकको तल्लुबगर स्थित भेरी नदीमा तुइनको सहयोगबाट यातायातका साधन तारिएको छ।

जाजरकोटको तल्लुबगर र रुकुमको छहरीबगर विचको भेरी नदीमा तुइनको सहायताले जीप, ट्याक्टर लगायतका सवारी साधन वारपार गराइएको छ ।

सेनाको जाजरकोट-डोल्पा सडक निर्माण कार्य दल र रुकुम गोतामकोटका स्थानीयको संयुक्त सक्रियतामा तुइन निर्माण भएको खबर कान्तिपुर दैनिकमा छ। गोतामकोटका कमल थापा, यज्ञ खड्का, प्रकाश खड्का, दरीमान बस्नेत, यज्ञ जिएम लगाएत १३ जनाले गरेको १८ लाखको लगानीमा तुइन निर्माण भएको हो ।

भेरी नदीको वल्लो र पल्लो किनारमा बनाएको पिलरमा लठ्ठा झुण्ड्याएर घिर्नीको सहायताले एक पटकमा १ गाडी तारेको थापाले बताए । भेरी नदीमा पुल नहुँदा संयुक्त लगानीमा तुईन निर्माण गरेर गाडी तारेको उनले बताए ।





Comments

comments

Leave a Reply

12579