Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लामडाँडा अग्नीपीडितलाई जापानवासीको सहयोग

भुपाल गुरुङ / एचकेनेपाल डट कम –
पोखरा ९ जेठ। स्याङजाको मनकामना लामडाँडाका अग्नीपीडितलाई जापानमा रहेका नेपालीले सहयोग गरेका छन्।

-

आगलागीका कारण गाँउ नै सखाप भएपछि घरबार विहिन हुन पुगेका परिवारको पुर्नस्थापनाको लागि जापानमा रहेका स्याङजालीहरुको पहलमा रकम संकलन गरेर सहयोग गरेको हो ।

हाल जापानमा रहेका नेपाल तमु विद्यार्थी छोँज धीं पूर्वउपाध्यक्ष चित्र तमु र पूर्वकोषध्यक्ष युवराज तमुको पहलमा संकलित १ लाख २५ हजार १ सय २५ नगद रकम हन्तारन्तण गरेको हो ।

उनीहरुले विभिन्न शिलशिलामा जापानमा रहेरका नेपालीहरुबाट उक्त रकम संकलन गरि नेपाल पठाएका थिए । संकलित रकमलाई नेपाल तमु विद्यार्थी छोँज धीं केन्द्रीय उपमहासचिव रिम तमुले स्थानीय पीडित उद्धार समितिका सचिव धनबहादुर थापालाई हन्तारण गरे ।

जापानमा संकलित रकम हस्तान्तरण गर्न लामडाँडा पुगेका उपमहासचिव रिम तमुले अग्नीपीडितहरुको पुर्नस्थापनामा पहल गर्ने प्रतिवद्धता गर्दै सबैसंग सहयोगको अपिल समेत गरे ।

गत बैशाख १८ गते भएको आगालागीका कारण २३ घरपरिवार घरवार विहिन हुन पुगेका छन् । १५ दिन अगाडि गाँउ छेवैको वनमा लागेको आगालागीबाट बाँचेको यो गाँउ १८ गते घरबाटै निस्किएको आगोबाट नष्ट भएको थियो । घरवार विहिन परिवार यत्तिबेला संयुक्त अस्थायी पाल टाँगेर बसेका छन् ।





Comments

comments

Leave a Reply

12598