स्याङ्जामा मगर साहित्य मेला

विनोद रखाली मगर / एचकेनेपाल डट कम –
स्याङ्जा, जेठ ९ । २५६० औं वुद्ध जयन्तीको अवसरमा मगर सस्कृति सरंक्षण समिति कोल्मा गाविस स्याङ्जाले विभिन्न मगर चलचित्र तथा मगर साहित्यीक मेला सम्पन्न गरेको छ ।

मगर समुदायको विशेष पर्व चण्डी पूर्णीमाको दिन आयोजना गरिएको उक्त कार्यक्रमको उद्धघाटन गर्दै नेपाल मगर संघ केन्द्रीय समितिका पूर्वमहासचिव , साहित्यकार लोक वहादुर वरही मगरले भाषा , कला सस्कृतिको सरंक्षण गर्ने कार्यभार जाति विशेषमा प्रमुख रहने वताउदै ग्रामिण क्षेत्र मौलिक संस्कृतिमा धनी रहेको भन्दै सरंक्षण गर्न सवैमा आग्रह गरे ।

वरही मगरले मगर भाषामा लेखन शैली न्यून मात्रामा रहेकाले मगर युवा समुदायलाई मातृभाषामा मौलिक साहित्य कोर्न प्रोत्साहन गरे । कार्यक्रममा नेपाल मगर चलचित्रकर्मी संघका अध्यक्ष, चलचित्रकर्मी युवराज मास्की राना मगर, मगर लेखक संघ केन्द्रीय भाषीक उपाध्यक्ष साहित्यकार हेमा आले वोगी मगर , मगर लेखक संघका केन्दीय साहित्यकार सदस्य रुद्र सन्देश मगर , युवा संचारकर्मी, लक्ष्मी टेलिभिजनका स्टेशन म्यानेजर विनोद रखाली मगर , मगर लेखक संघ गण्डकी अञ्चलका अध्यक्ष गिता थापा मगर , मगर लेखक संघ लुम्वीनी अञ्चलका सचिव महेन्द्र थापा मगर , मगर चलचित्रकर्मी भिम राना मगर , एवीसि टेलिभिजनका सञ्चारकर्मी गिता राना मगर , कोल्मा स्वास्थ्य चौकीका प्रमुख अमर वुढा मगरलगायतले शुभकामना मन्तव्यसहित मगर भाषामा विभिन्न साहित्यिक रचनाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमकै अवशरमा गोर्खा लिग लिग कोट घले मगर राजाको विषयवस्तुमा निमार्ण गरीएको किशोर राना मगर द्धारा निर्देशित मगर चलचित्र सिमारेखा , स्याङ्जामा निमार्ण भएको श्याम थापा मगर द्धारा निर्देशित मगर चलचित्र वाङ्म मुले , मगर चलचित्र कर्मी संघले निमार्ण गरेको छोटो चलचित्र करिम, मगर समुदायमा रहेको वस्तु भाउ, मुल्य निर्धारणमा आधारित वृतचित्र भेजा , स्याङ्जाको लर्सघा, कोटाकोटवेसीमा छायाङ्कन गरीएको मगर संस्कृतीमा आधारीत वृतचित्र यउनाट र प्रसिद्ध कृषक छ्याम थापा मगरको जिवनीमा आधारीत वृतचित्र पौरखी पाइला प्रदशन गरिएको थियो ।

कार्यक्रमकै अवसरमा मगर भाषा कला संस्कृति सरंक्षण क्षेत्रमा विभिन्न क्षेत्रदेखि सहयोग गर्नुहुने मगर भाषाका वरिष्ठ साहित्यकार लोक वहादुर थापा मगर , साहित्यकार रुद्र सन्देश मगर , साहित्यकार हेमा आले मगर , मगर चलचित्रका प्रथम निर्देशक युवराज मास्की मगर, चलचित्रकर्मी भिम राना मगर , साहित्यकार गिता थापा मगर , साहित्यकार महेन्द्र थापा मगर , सन्चारकर्मी विनोद रखाली मगर , सन्चारकर्मी गिता राना मगरलाई सम्मान समेत गरेको छ ।

कोल्मा गाविसका उल्लेख मगर तथा गैरमगर समुदायको उपस्थिति रहेको उक्त कार्यक्रम भारती मा.वि काल्खुमा सन्चालन भएको थियो । जनसम्पर्क युवा क्लवका अध्यक्ष जिवन थापा मगरको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन मन वहादुर पुलामी मगर र मगर संस्कृती सरंक्षण समिति कोल्माका अध्यक्ष ङयेश्वर राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।





Comments

comments

Leave a Reply

12601