साउदीमा बुद्धजयन्ती सम्पन्न

महेश श्रेष्ठ / एचकेनेपाल डट कम –
साउदी अरब, २५६० औं बुद्धजयन्ती प्रवासमा रहेका नेपालीहरुले बुद्धप्रति गर्व र सम्मान गर्दै दीप प्रज्जवलन गरेर मनाएका छन् ।

वैदेशिक रोजगारका क्रममा साउदी अरबमा रहेका नेपालीहरुले पहिलो पटक बुद्ध जयन्ती मनाएका हुन् ।

नेपाली साझा मंचको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले बुद्धप्रति श्रद्धा अर्पण गर्नुका साथै बुद्धले प्रदान गर्नु भएको पंचशील वचनलाई पालना गरेर जीवन सफल बनाउने प्रण समेत गरेका थिए ।

बुद्ध जन्मेको महत्वलाई मात्रै पनि विश्वलाई बुझाउन सके नेपालको समृद्धिको ढोका खुल्ने चर्चा गर्दै बुद्धको देशका नेपालीहरु रोजगारका लागि विदेशिनु दुख र विडम्बना भएको पीडा समेत पोखेका थिए । उनीहरुले नेपाल र विश्व राजनीतिमा बुद्धको नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औलाउदै बुद्धको अनुशरण गरेर मात्रै विश्वमा शान्ति र समृद्धि स्थापना हुन सक्ने बताए ।

अभियन्ता ओमप्रसाद फुयाँलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बुद्ध भजन गाउनुका साथै सामुहिक दीप प्रज्जवलन गरिएको थियो । कार्यक्रममा अभियन्ता देवेन्द्र सुवेदी, अन्जनीकुमार अधिकारी, विधुर पौडेल, श्रीयवा लिम्बू, केशर बानिया, कृष्ण पुरी र संजिव सुनुवार, विवेकशिल नेपालीका रविन गुरुंग र अकल प्रधान र अन्तर्राष्ट्रिय अभियन्ता महेश श्रेष्ठ लगायतले बुद्धका बारेमा चर्चा र सामाजिक संजालमा बुद्धको प्रचारप्रसार गरेर सहयोग पु¥याउनेहरुलाई धन्यवाद र आभार व्यक्त गरेका थिए ।

नेपाली साझा मंचको आह्वानमा बुद्ध जयन्ती मनाउने क्रममा उनीहरुले सामाजिक संजालमा बुद्ध नेपालमा जन्मेका हुन भन्ने प्रचार गरेर समेत गरेका थिए ।





Comments

comments

Leave a Reply

12603