Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङका खेलाडीहरूको विकासका लागि ९४० मिलियन डलर विनियोजन – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङका खेलाडीहरूको विकासका लागि ९४० मिलियन डलर विनियोजन

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १३ अक्टोबर। हङकङ सरकारले स्थानीय खेलाडीहरूको विकासका लागि यस आर्थिक वर्षमा ९४० मिलियन हङकङ डलर (करिब १२० अरब नेपाली रुपैयाँ) विनियोजन गरेको छ। यो रकम पाँच वर्ष अघिको तुलनामा ४० प्रतिशतले बढी हो।

मुख्य सचिव एरिक चान क्वोक-कीले आइतबार हङकङ जकी क्लबद्वारा आयोजित पेरिस २०२४ ओलम्पिक टोली उत्सव रेसडेमा बोल्दै यो जानकारी दिएका हुन्। उनले शहरमा खेलकुद उद्योगको विकासमा सरकारको प्रतिबद्धता जनाए।

चानले भने, “हङकङ स्पोर्ट्स इन्स्टिच्युटलाई एलिट एथलिट्स डेभलपमेन्ट फन्ड मार्फत ९४० मिलियन हङकङ डलर छुट्याइएको छ, जसले करिब १,५०० खेलाडीहरूलाई स्थिर आर्थिक स्रोत प्रदान गर्नेछ।”

उनले थपे, “आगामी वर्ष १५औं राष्ट्रिय खेलकुद, १२औं अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय खेलकुद र ९औं विशेष ओलम्पिक खेलकुद हुनेछन्। साथै, काई टाक स्पोर्ट्स पार्क पनि खुल्नेछ।”





Comments

comments

126909