१५ वर्षीय किशोरले हजुरबुवाको कार चोरेर चलाउँदा दुर्घटना: ३ जनाको मृत्यु, २ जना घाइते…

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १८ अक्टोबर। ताइपेई शहरमा एक १५ वर्षीय किशोरले हजुरबुवाको कार चोरेर चलाउँदा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ। बिहीबार साँझ नेइहु जिल्लामा घटेको यो घटनामा किशोरले लाइसेन्स बिना हजुरबुवाको आरभी चलाएर साथीहरू खोज्न निस्किएको थिए।

बाटोमा नियन्त्रण गुमाएर एक खाजा पसलमा ठोक्किँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन्।

ताइवानी सञ्चारमाध्यमका अनुसार किशोरले कारको चाबी चोरेर मात्र पाँच मिनेट चलाएपछि यो दुर्घटना भएको थियो। घटनापछि किशोरको अनुहारमा अनौठो मुस्कान देखिएको बताइएको छ, तर पछि प्रहरी स्टेशनमा डरले बोल्न सकेका थिएनन्।

प्रहरीले शुक्रबार सोधपुछपछि किशोरलाई ज्यान मार्ने उद्देश्यको शंकामा किशोर अदालतमा पठाउने जनाएको छ।





Comments

comments

127070