‘नेपालगञ्ज म्याराथन’को उपाधि खडक र सन्तोषीलाई

बाँके । धारा नेपालगञ्ज म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका खडकबहादुर खड्काले तथा महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका छन् । खड्काले दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा ४२ दशमलव एक सय ९५ किलोमिटरको दौड पूरा गर्दै उपाधि जिते । उनी गत संस्करणको उपविजेता र आठौँ संस्करणको विजेता हुन् ।

पुरुष म्याराथनमा नेपाली सेनाकै राजन रोकाया र सुशील कुमार क्रमशः दोस्रो र तेस्रो भए । रोकायाले दुई घण्टा १७ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए भने शाहीले दुई घण्टा २१ मिनेट ४५ सेकेण्डमा सो दूरी पूरा गरे । विजेताले क्रमशः दुई लाख, एक लाख र ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

खड्का र रोकायाले नेपालगञ्ज म्याराथनको कोर्षको कीर्तिमान पनि तोडेका छन् । यस्तै, महिला हाफ म्याराथनको उपाधि लगातार चौथोपटक सन्तोषी श्रेष्ठले जितेकी छन् । यो स्पर्धामा पुष्पा भण्डारी दोस्रो र विमला कार्की तेस्रो भए । उनीहरुले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार प्राप्त गरे । सन्तोषीले एक घण्टा १७ मिनेट ३० सेकेण्डमा कोर्ष गरेकी थिईन् । रासस





Comments

comments

128156