यो वर्ष ४५ मिलियन पर्यटकद्वारा हङकङ भ्रमण..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १५ डिसेम्बर। नवनियुक्त संस्कृति, खेलकुद तथा पर्यटन सचिव रोजाना लोले सन् २०२४ को अन्त्यसम्म हङकङमा पर्यटक आगमनको संख्या ४५ मिलियन पुग्ने अपेक्षा गरेकी छिन्।

सरकारले यस वर्षको अन्त्यसम्म ४६ मिलियन पर्यटक आगमनको लक्ष्य राखेको थियो। शनिबार एक रेडियो कार्यक्रममा बोल्दै रोजाना लोले पर्यटन क्षेत्रले हालै राम्रो प्रगति गरिरहेको बताइन्। उनका अनुसार यस वर्षको पहिलो ११ महिनामा विशेष प्रशासनिक क्षेत्रमा करिब ४१ मिलियन पर्यटकले भ्रमण गरेका छन्।

“शेनझेन निवासीहरूका लागि मल्टि-एन्ट्री भिसा योजना पुनः सुरु भएपछि दैनिक पर्यटक संख्या नोभेम्बरको औसतभन्दा ७ देखि ८ प्रतिशत बढी भएको छ,” उनले भनिन्। “विशेषगरी सप्ताहन्तमा, गत वर्षको तुलनामा औसत संख्या ३० प्रतिशतले बढेको छ।”





Comments

comments

128287