हङकङमा चिसो बढ्यो, अब्जर्भेटरीले दियो चिसो मौसमको चेतावनी..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १९ डिसेम्बर। हङकङको मौसम विभागले बिहीबार ४:२० बजे यस हिउँदको पहिलो चिसो मौसमको चेतावनी जारी गरेको छ।

विभागले भोलि शुक्रबार तापक्रम १२ डिग्री सेल्सियससम्म झर्ने चेतावनी पनि दिएको छ। शहरी क्षेत्रमा न्यूनतम तापक्रम १२ डिग्री सेल्सियससम्म र न्यू टेरिटोरीजमा केही डिग्री कम हुने अनुमान गरिएको छ।

शुक्रबार दिउँसो ग्वाङडोङको तापक्रम हिजोको भन्दा सामान्यतया ३ देखि ४ डिग्री कम रहने अनुमान गरिएको छ। मौसम विभागले फिलिपिन्सको दक्षिणी भागमा न्यून चापले यस क्षेत्रमा अस्थिर मौसम ल्याइरहेको पनि जनाएको छ।

सुख्खा शीतकालीन मनसुनले दक्षिणी चीनमा चिसो मौसम ल्याइरहेको छ। यसैको प्रभावमा हङकङमा पनि चिसो बढ्दै गएको हो। सर्वसाधारणलाई न्यानो कपडा लगाउन र पर्याप्त भित्री भेन्टिलेसन सुनिश्चित गर्न स्मरण गराइएको छ।





Comments

comments

128346