आशिका तामाङ २४ दिन हिरासतपछि धरौटीमा रिहा..

काठमाडौं, अभियन्ता आशिका तामाङ लामो हिरासतपछि आज धरौटीमा रिहा भएकी छिन्। काठमाडौं र भक्तपुर प्रहरी हिरासतमा गरी २४ दिन बिताएकी तामाङलाई जिल्ला अदालत भक्तपुरले २० हजार धरौटीमा छाड्न आदेश दिएको हो।

-

उनी दुई घटनाक्रमका कारण प्रहरी हिरासतमा परेकी थिइन्। पहिलो घटनामा पशुपति विकास कोषमा अभद्र व्यवहार गरेको आरोपमा माघ २ गते काठमाडौं प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि माघ १४ गते १० हजार धरौटी बुझाएर छुटेकी तामाङलाई तत्कालै भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको थियो।

दोस्रो घटनामा काठमाडौं-भक्तपुर सीमानाको साँगास्थित झोलुंगे पुलमा स्थानीय निकायले गरिरहेको कर सङ्कलनको विरोध गर्दा आपराधिक उपद्रवको आरोप लागेको थियो। सूर्यविनायक नगरपालिकाको उजुरीपछि उनलाई पक्राउ गरिएको थियो।





Comments

comments

128974