गायिका एलिना चौहानले दायर गरिन् पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा..

काठमाडौं, चर्चित गायिका एलिना चौहानले आफ्ना पति विष्णु सापकोटाविरूद्ध काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन्।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, चौहानले वारेसमार्फत मुद्दा दर्ता गराएकी हुन्। उनले मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेदको माग गरेकी छन्।

गत वैशाखमा बागलुङ निवासी सापकोटासँग विवाह बन्धनमा बाँधिएकी एलिनाले आफ्नो कलाकारिता क्षेत्रको कार्यसूचीले गर्दा पतिबाट शंका-उपशंकाको सामना गर्नुपरेको बताएकी छन्। विवाहपछि अस्ट्रेलियामा केही समय बिताएकी एलिनाले सुरुवाती दिनहरू सहज भए पनि पछि सम्बन्धमा दरार आएपछि नेपाल फर्किएको खुलाएकी छन्।

एलिनाले आफ्नो निवेदनमा पतिसँगको भावनात्मक सम्बन्ध कमजोर भएको र कागजी रूपमा मात्र पति-पत्नीको सम्बन्ध कायम राख्न उचित नठानेको उल्लेख गरेकी छन्।





Comments

comments

128971