सिंहदरबारको खानेपानी मन्त्रालयमा आगलागी: मन्त्रीको कार्यकक्ष पूर्णरूपमा क्षतिग्रस्त

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आज बिहान करिब ९ बजे अचानक आगलागी भएको छ। आगलागीबाट मन्त्रीको कार्यकक्षका चारवटै कोठा पूर्णरूपमा जलेर नष्ट भएका छन्।

प्रारम्भिक अनुसन्धानका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानको क्रममा प्रहरीले दुईजना कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएको छ। साथै सुरक्षागार्डसँग सोधपुछ गर्नुका साथै सिसी क्यामेराको फुटेज पनि अध्ययन गरिरहेको छ।

सिंहदरबारमा कार्यरत डीएसपी दिनेश घिमिरेका अनुसार तत्काल प्रहरी र दमकलको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो।





Comments

comments

129108