न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ४ जुन । बैंकको कर्मचारीलाई दिउंसै चक्कु देखाएर लुटपाट गरी भागेका हङकङका ४९ वर्षीय स्थानीय पुरुषलाई लुटपाटको २४ घण्टापछि प्रहरीले मुख्य भूमि चीनमा पक्राउ गरेको छ। त्यस्तै, आरोपीका ३४ वर्षीया प्रेमिकालाई पनि उनको भगाइमा सहयोग गरेको आरोपमा पक्राउ गरिएको छ। दुवैलाई प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
हङकङको शा टिन बैंकमा डकैती: महिला कर्मचारी घाइते
न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ३ जुन । हङकङको शा टिन स्थित फर्चुन सिटी वान को पहिलो तल्लामा रहेको ह्याङ सेङ बैंक शाखामा सोमबार एक डकैतीको घटना भएको छ। करिब साँझ ५:१२ बजे एक हतियारधारी व्यक्तिले चक्कु देखाएर करिब ३ लाख ७० हजार हङकङ डलर लुटेर फरार भएका छन्।
घटनामा ३५ वर्षीया बैंक कर्मचारी सुश्री फोङको घाँटीमा चोट लागेको छ। उनलाई प्राथमिक उपचारपछि प्रिन्स अफ वेल्स अस्पतालमा थप उपचारका लागि लगिएको छ।
प्रहरीले यस घटनालाई सशस्त्र डकैतीको रूपमा वर्गीकरण गरेको छ। आरोपी चिनियाँ नागरिक रहेको र क्यान्टोनिज भाषामा कुराकानी गरेको बताइएको छ। उनले सेतो टी-सर्ट, कालो पाइन्ट र सेतो जुत्ता लगाएका थिए। साथै मास्क, टोपी र सेतो कागजको झोला बोकेका थिए।
घटनाको विवरण अनुसार बेलुका करिब ४:४३ बजे आरोपी एक्लै बैंकभित्र प्रवेश गरेका थिए। केही समयपछि उनी काउन्टर नम्बर ४ मा गएका थिए। त्यसपछि उनले कागजको झोलाबाट करिब ७ इन्च लामो चक्कु निकालेर महिला कर्मचारीलाई धम्क्याएका थिए। चक्कु घाँटीमा राखेर उनलाई काउन्टर नम्बर १ मा लगे जहाँबाट चिनियाँ युआन, अमेरिकी डलर र हङकङ डलर गरी करिब १ लाख २० हजार हङकङ डलर लुटे। त्यसपछि काउन्टर नम्बर २ बाट थप २ लाख ५० हजार हङकङ डलर लिएर चक्कु र पैसा सेतो झोलामा राखी बैंकबाट भागेका थिए। उनको खोजी भइरहेको छ।
अपडेटः दिउंसै बैंक लुटपाट गरेर भागेका लुटेरा र उनका प्रेमिका पक्राउ
बैंकको कर्मचारीलाई दिउंसै चक्कु देखाएर लुटपाट गरी भागेका हङकङका ४९ वर्षीय स्थानीय पुरुषलाई लुटपाटको २४ घण्टापछि प्रहरीले मुख्य भूमि चीनमा पक्राउ गरिएको छ।
त्यस्तै, आरोपीका ३४ वर्षीया प्रेमिकालाई पनि उनको भगाइमा सहयोग गरेको आरोपमा पक्राउ गरिएको छ। दुवैलाई प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।