पोखरामा यात्रु बसमाथि ढुङ्गा प्रहार गर्ने ३ जना पक्राउ

पोखरा, पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको पर्यटक बसमाथि ढुङ्गा प्रहार गरी पाँच विद्यार्थीलाई घाइते बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

-

जेठ १८ गते राति साढे ११ बजेतिर पोखरा महानगरपालिका वडा नं. १४ चाउथेमा भएको घटनामा नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी बालकुमारी ललितपुरका भ्रमणमा आएका विद्यार्थीहरू सवार बा १ प ९१६ नंको बसमाथि ढुङ्गा प्रहार भएको थियो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बस चालक तिलक बहादुर थापामगर (४८), सह-चालक मान प्रसाद खरेल (३०) र ग्यारेजमा काम गर्ने राजेश मरट्टा (२८) रहेका छन्। घाइते विद्यार्थीहरूको अन्नपूर्ण अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।

कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।





Comments

comments

131511