Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धम्पुसमा तमुवानको बृहत भेला हुंदै

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, प्रतिगामी संविधान मान्दैनौ, पहिचान र अधिकार छाड्दैनौं, तमुवान प्रदेश घोषणा गरलगायतका नाराका साथ आन्दोलित तमुवान संयुक्त संघर्ष समितिले तमुवान जागरण अन्तर्गत शनिवार धम्पुसमा बृहत भेला गर्ने भएको छ ।

संघीय गठबन्धनको एक घटक मोर्चा तमुवान संयुक्त संघर्ष समितिले आठ दिने रिले अनसन पछि तमुवान जागरणको क्रममा धम्पुसमा हुने भेला बृहत हुने कार्यक्रम संयोजक स्थानीय चेतबहादुर गुरुङले बताउनुभयो । धम्पुसस्थित राजु होटलका संचालक समेत रहनु भएको गुरुङले तमुवानको आन्दोलन पहिचान र अधिकारको आन्दोलन भएकाले धम्पुसबासीको बृहत सहभागीताको तयारी भईरहेको बताउनुभयो।

धम्पुसमा हुने तमुवान जागरण भेलाले तमुवानका विरुद्ध भईरहेका अनावश्यक प्रचारको अन्त्य गरी धम्पुसबासी तमुवान प्राप्तिको आन्दोलनमा एकताबद्ध हुने कार्यक्रमका समन्वयकर्ता तमुवानका युवा अभियन्ता सन्देश गुरुङले बताउनुभयो ।

जागरण अभियान शहरसहित गाँउको बस्ती बस्तीमा पुर्याइने तमुवान संयुक्त सघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले बताउनुभयो ।





Comments

comments

Leave a Reply

13192