न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ४ अगस्ट । शाटिनमा रहेको आवासमा करिब एक महिनादेखि सम्पर्कविहीन दम्पतीलाई आइतबार मृत अवस्थामा फेला पारिएको छ।
छोराले आफ्ना आमाबुवासँग लामो समयदेखि सम्पर्क नभएको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरूको शव फेला परेको हो।
प्रहरीले दिउँसो करिब ४ बजे सिटी वान शाटिनमा रहेको आवासबाट अजीब गन्ध आइरहेको भन्ने एक व्यक्तिको सूचना पाएको थियो।
अधिकारीहरू र दमकलकर्मीहरूले उक्त आवासमा प्रवेश गर्दा दम्पतीलाई मृत अवस्थामा फेला पारेका थिए।
प्राप्त जानकारी अनुसार, उनका छोरा लामो समयदेखि विदेशमा रहेका थिए र नियमित रूपमा फोनमार्फत आफ्ना बाबुआमासँग कुराकानी गर्दथे। तर जुलाई ९ पछि सम्पर्क विच्छेद भएपछि उनी शनिबार (अगस्ट २) हङकङ फर्केका थिए।
मृत्युको कारण अहिले अनुसन्धानको क्रममा रहेको छ। सूत्रका अनुसार, दम्पतीले आत्महत्या गरेको तर, उनीहरूको आवासमा कुनै सुसाईड नोट नभेटिएको जनाइएको छ।
– पशन तमू