एमाले नेता महेश बस्नेतको आह्वान: ‘लुटेरा, अपराधी, चोर र ठगहरूको प्रतिरोध गरौं’

भक्तपुर, नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले लुटेरा, अपराधी, चोर र ठगहरूको संगठित रूपमा प्रतिरोध गर्न कार्यकर्ता र आम जनतालाई आह्वान गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत एक कडा सन्देश जारी गर्दै अपराधीहरूलाई समातेर प्रहरीको जिम्मा लगाउन र जनताको रक्षा गर्न सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

बस्नेतले भने, “परिस्थितिमा के के न भयो भनेर पार्टी छोड्ने, फोन अफ गर्ने, जनताको रक्षा नगर्ने, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्नहरूलाई कारबाही गर्न नलाग्ने एमाले र कांग्रेसका नेताहरूलाई नेता मानिँदैन।” उनले यस्ता गतिविधिमा संलग्न जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

उनले थपे, “जोजो जहाँ जहाँ छौ, सबैले संगठित रूपमा लुटेरा, अपराधी, चोर र ठगहरूको प्रतिरोध गरौं। समातेर प्रहरीलाई बुझाउनुहोला। कोही पनि आत्तिनु पर्दैन। कहीँ कतै अप्ठ्यारो परेमा मलाई सिधै सम्पर्क गर्नुहोस्।” उनले आफ्नो सम्पर्क नम्बर ९८५११४७९८७ समेत सार्वजनिक गरेका छन्।





Comments

comments

133137