फोटो पत्रकार अक्षयकोषमा सहारा क्लब हङकङका अध्यक्षको १५ हजार सहयोग

पोखरा, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आर्थिक सहयोग गरेका छन्।

नेपाल (लमजुङ) जन्मिएर कर्मथलो हङकङलाई बनाएका गुरुङले अक्षयकोषका लागि नगद १५ हजार रुपैयाँ सहयोग गरेका हुन्।

सहारा क्लब पोखराले सञ्चालन गरेको आरारारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा शुक्रबार गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका सचिव धनबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

लमजुङ सेवा समिति हङकङका निवर्तमान अध्यक्ष समेत रहेका गुरुङ आहारारा पोखरा गोल्डकपका लागि नेपाल आएका हुन् । नेपाल आएको समयमा उनले विभिन्न ठाउँमा सामाजिक सेवा पनि गरिरहेका छन्

सहयोग ग्रहण पछि एनपिजेए कास्कीका सचिव गुरुङले अक्षयकोष दातालाई धन्यवाद दिदैं यस्तै सहयोगले कोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए । उक्त रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने उनको भनाइ थियो।

कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ । अक्षयकोषमा यसभन्दा अघि सामाजिक अभियान्ता सरिता गुरुङले १५ हजार, नागरिक अभियान्ता रामबहादुर पौडेलले १० हजार, चलचित्र निर्माता एवं अभिनेत्री माया गुरुङले ११ हजार १११, सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन्।





Comments

comments

135582