नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो अमेरिका। रक्तदान जीवनदान भन्ने मुख्य नारालाई आत्मसात गर्दै कोलोराडोको डेनभरमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
Blood Donors of America (BDA) को कोलोराडो च्याप्टरद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रम आज डेनभर, कोलोराडोस्थित Vitalant Blood Donation – Denver (717 Yosemite St, Denver, CO) मा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम Nepali Ghar र Vitalant को सहकार्यमा आयोजना गरिएको थियो।
कार्यक्रममा १६ जनाले रक्तदानका लागि नाम दर्ता गराएका थिए। तीमध्ये ४ जना अनुपस्थित भएका र प्राविधिक कारणवश सामिका ड्रिस्कोल र बसन्त लाम्सालले रक्तदान गर्न नसके पनि १२ जना दाताहरूले सफलतापूर्वक रक्तदान गरेका हुन्।
यसरी रक्तदान गर्नेहरूमा Michael Drisscol, Nawaraj Maraseni, Bikash Bhandari, Tika Paudel, Nurhari Pokhrel, Bishnu Raj Ghimire, Bidya K.C., Fanindra Chhetri, Eric Rothweiler, Bhola Katuwal, Bikash Tripathi, Tej Dhakal रहेका छन्। BDA कोलोराडो च्याप्टरका अध्यक्ष नवराज मरासेनीले बताएका छन्।
कार्यक्रममा नेपाली घरका अध्यक्ष बसन्त लाम्साल, उपाध्यक्ष गंगा चौलागाईं, महासचिव भोला कटुवाल, तथा महिला संयोजक सामिका ड्रिस्कोलको उपस्थिति रहेको थियो। त्यसैगरी BDA केन्द्रीय वरिष्ठ उपाध्यक्ष टीका पौडेल, केन्द्रीय उपाध्यक्ष विजय देव अधिकारी र Colorado च्याप्टर समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।
Vitalant का तर्फबाट एरिक आर. रोथवाइलरबाट कार्यक्रमको समन्वय तथा आवश्यक सहयोग प्रदान गरिएको थियो।
रक्तदानले आकस्मिक अवस्था, शल्यक्रिया तथा गम्भीर बिरामीहरूको उपचारमा अमूल्य सहयोग पुर्याउँछ। एक जनाको रक्तदानले तीन जनासम्मको जीवन बचाउन सक्ने विश्वास गरिन्छ। साथै नियमित रक्तदानले शरीरमा नयाँ रक्तकोष निर्माण प्रक्रियालाई सक्रिय बनाउन र स्वास्थ्य परीक्षणको अवसर प्रदान गर्न समेत मद्दत गर्दछ।
आयोजक संस्थाहरूले आगामी दिनहरूमा आयोजना गरिने रक्तदान कार्यक्रममा पनि उत्साहजनक सहभागिताका लागि सम्पूर्ण समुदायमा हार्दिक अनुरोध गरेका छन्। रक्तदान जस्तो मानवीय कार्यमा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाताहरू, स्वयंसेवकहरू तथा सहकार्य संस्थाहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेका छन्।


