नेपाल बौद्ध परिवार द. कोरियाद्वारा धन्यवाद व्यक्त

सुरज गुरुङ / एचकेनेपाल डट कम
द. कोरिया। नेपाल बौद्ध परिवार द.कोरियाले २५५८ औं बुद्ध जयन्तीको अवसरमा गत अप्रिल २६ ताारिख कोरियामा भएको लोटस ल्यान्टर्न फेस्टिभल (अन्तर्राष्ट्रिय शान्ति पद यात्रा)मा सहभागिता जनाई आर्थिक, भौतिक, नैतिक तथा विभिन्न क्षेत्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गरेका सम्पूर्ण संघ–संस्था, व्यापारी, व्यावसायी, बुद्धिजीवी, पत्रकार, विद्यार्थी एवं सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गरेको छ।

परिवारका अध्यक्ष इश्वर गुरुङको अध्यक्षतामा बैठक बसी सो धन्यवाद व्यक्त गरेको हो। साथै र्यालीमा नेपाल माउन्टेन एसोसिएशनद्वारा लिटिल बुद्ध र मायादेवीको मुर्ति उपलब्ध गराई सहयोग गरेकोमा परिवारले एशोसिएशनलाई विशेष धन्यवाद व्यक्त गरेको छ। बैठकद्वारा विभिन्न कारणवस समयमै सो र्याली सम्बन्धी भएको आर्थिक आय–व्याय विवरण प्रस्तुत गर्न नसकी ढिलो हुन गएको भनि क्षमा याचना पनि गरेको छ।

उता नेपाल बौद्ध परिवारले दार्शनिक महामानव भगवान गौतम बुद्धको जन्मस्थान तथा शान्तिको मुहान लुम्बिनीबाट ल्याएको “विश्व शान्ति दीप” रहेको स्थान दोसन्सा गुम्बामा प्रत्येक महिनाको पहिलो आईताबार बुद्ध सम्बन्धी प्रवचन कार्यक्रम गरिने कुरा उपाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनु भएको छ। सोही गुम्बाका लामाद्वारा नेपालीहरुलाई प्रवचन कार्यक्रम दिनेहुदा ईच्छुक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा जानाका लागि प्रत्येक महिनाको पहिलो आईतबार बिहान १० बजे दोङदेमुनबाट बसको व्यवस्था समेत रहेको कुरा परिवारले सबैमा जानकारी गरेको छ।

२५५८ औं बुद्ध जयन्तीको अवसरमा आयोजित विश्व शान्ति पद यात्रा र्यालीमा व्यक्तिगत तथा संस्थागत रुपमा आर्थिक सहयोग गर्नुहुने महानुभाव एवं संघ–संस्थाहरुका नामवली र आय–व्याय विवरण यस प्रकार रहेको छ।

लोटस ल्यान्र्टन फेष्टिबलमा प्राप्त (सहयोग) रकम
१. मनाङ परिवार ३५५,०००वन
२. मुस्ताङ परिवार ३५५,०००वन
३. नागर्जुन गुम्बा ३००,०००वन
४. नेपाल बौद्ध परिवार २००,०००वन
५. स्याङ्जा परिवार २००,०००वन
६. योङ स्टार ग्रुप १२०,०००वन
७. तमू धीं द. कोरिया १००,०००वन
८. लमजु¨ परिवार १००,०००वन
९. नेपाल आदिवासी जनजाति महासंघ द. कोरिया १००,०००वन
१०. बाग्लुङ सम्पर्क समिति १००,०००वन
११. नेपाल तामा¨ संघ १००,०००वन
१२. नेवा पुचः १००,०००वन
१३. नेपाली प्रवासी मञ्च ५१,०००वन
१४. थकाली सेवा समिति ५०,०००वन
१५. पाल्पा सम्पर्क समिति ५०,०००वन
१६. नेपाल मगर संघ ५१,०००वन
१७. समाजसेवी रुद्र शर्मा ३०१,०००वन
१८. काशीनाथ १००,०००वन
१९. विष्णु न्यौपाने स्या“¨जा ५१,०००वन
२०. लोचन राई ५०,०००वन
२१. माया मार्ट २००,०००वन
२२. राजु क्षेत्री १०१,०००वन
२३. रुपन्देही सम्पर्क समिति ५०,०००वन
जम्मा संकलित रकम ३१,८५,०००वन, पहिलाको बचत रकम ७००,०००वन
जम्मा ३८,८५,०००वन

लोटस ल्यान्र्टन फेष्टिबलमा खर्च विवरण
१. शान्ति र्यालीमा रथ ढुवानी खर्च ११,००,०००वन
२. व्यानर ८ वटा १,८०,०००वन
३. माया देबी मुर्ती नेपालबाट कोरिया कार्गो ५,००,०००वन
४. खादा महङ्गो खाले १,९०,०००वन
५. विज्ञापन खर्च ३०,०००वन
६. थुङ्ग४५,०००वन
७. तार, लाईट ६०,०००वन
८. ब्याटरी ६५,०००वन
९. जेनेरेटर, तेल २,६७,०००वन
१०. लोड, अनलोड रथ निर्माण खाजा खाना ४,३५,०००वन
११. रथको लागि कार्पेट, घास ७०,०००वन
१२. अन्य सामाग्री स्टेज, बोल्टपेन, प्लास्टिक, रिबन पन्जा रथ सजाबाट ३,४७,०००
जम्मा खर्च ३२,८९,०००वा
जम्मा बचत ५,९६,०००

थप जानकारीका लागि सम्पर्क नं.
०१०–६७०७–१९६६, ०१०–३२६६–९०३३, ०१०–८६९५–७७९८, ०१०–७२१९–९९८९, ०१०–३०३९–२७२५

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

137