Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एसएलसी उत्तीर्ण तमु विद्यार्थीहरुलाई बधाई तथा प्रशिक्षण

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, ६ असार। पोखरा ९ नयाँबजारमा रहेको तमु धिं नेपालले २०७० सालको एसएलसी परिक्षा उतीर्ण तमु विद्यार्थीहरुलाई एक कार्यक्रम आयोजना गरी बधाई तथा उच्च शिक्षा अध्ययन सम्बन्धी पशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालको सभाहलमा आयोजित एसएलसी उतीर्ण तमु विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा इञ्जिनियरिङ्ग कलेजका प्रिन्सिपल इञ्जिनियर लेखबहादुर तमु, तमु धिं नेपालका महासचिव रुद्रकुमारी(मैना) तमु, कार्यक्रम संंयोजक राजेन्द्र तमु लगायतले खादा लगाउदै सम्मान गर्नुभएको हो।

एसएलसी उत्तीर्ण तमु विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन सम्बन्धी कसमस इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक तेजबहादुर तमुले ए लेभल, टुरिजम एण्ड होटल मेनेजमेण्ट विषयमा माउण्ट अन्नपुर्ण उच्च माविका प्रिन्सिपल रामजी शर्मा, इञ्जिनियरिंग र विज्ञान सम्बन्धी पश्चिमाञ्चल इञ्जिनिरिंग क्याम्पसका इञ्जिनियर देउकाजी तमु, चिकित्साशास्त्र एवं नर्सिंंग सम्बन्धी गण्डकी मेडिकल कलेजका डा.गोविन्द तमु, व्यवस्थापन, सिए र शिक्षा विषयका बारेमा नेपाल टुरिजम एण्ड होटल मेनेजमेण्ट कलेज छिनेडाडाका जसबहादुर तमुले विषयगत प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रम संयोजक तमु धिं नेपालका कार्यसमिति सदस्य राजेन्द्र तमुको अध्यक्षता र पोखरा इञ्जिनियरिंग कलेजका प्रिन्सिपल इञ्जिनियर लेखबहादुर तमुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ९० दशमलव ५ प्रतिशत अंकका साथ एसएलसी उतिर्ण रमेश तमु, रोज्मा तमु, दृष्टिविहिन फारसुबा तमु, तमु धिं नेपालका वरिष्ठ सल्लाहकार सन्तबहादुर तमु, प्रायोजक संस्था कसमस इन्टरनेशनल कलेज तथा माउण्ट अन्नपुर्ण उच्चमाविका अध्यक्ष चिजकाजी तमु, बाँझापाटन तमु समाजका अध्यक्ष सुमे चेतबहादुर तमु, तमु विद्यार्थी समिति कास्कीका उपाध्यक्ष सुशीला तमु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने तमु विद्यार्थी समिति नेपालका संयोजक आसबहादुर तमुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा ७३ प्रतिशत अंकका साथ अमरसिंह उच्चमाविबाट उत्तीर्ण दृष्टिविहिन फारसुवा तमुले उच्च शिक्षा अध्ययन गर्न चाहना भए पनि कठिनाई भएको बताएपछि साकुरा जापानीज ल्यांग्वेजका प्रवन्ध निर्देशक, संजीवनी सोसाइटी नेपालका बीना तमु, कसमसका कार्यकारी निर्देशक तेजबहादुर तमुले अध्ययनका लागि सहयोग गर्ने बताउनुभयो भने कार्यक्रमका प्रमुख अतिथि ई. लेखबहादुर तमुले २५ हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभयो।

पोखरा ४ पालिखेचोकस्थित कसमस इण्टरनेशनल कलेज र नदीपुरको माउण्ट अन्नपुर्ण उच्च माविले प्रायोजन गरेको कार्यक्रममा तमु विद्यार्थी समितिका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुत गरेका थिए।





Comments

comments

139