Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
घुम्रपान एवं क्यान्सरबिरुद्घ गोष्ठि – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

घुम्रपान एवं क्यान्सरबिरुद्घ गोष्ठि

एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रिय युवा परिषद, नेपाल चितवन जिल्ला शाखाको आयोजनामा एवम् लायन्स क्लव अफ बालकुमारी र यस एग्रीक्लचर को सहकार्यमा चितवन जिल्लामा १६देखि २२ बर्षसम्म उमेर समूहका उच्च माध्यमिक तहमा अध्ययन गर्ने बिद्यर्थाीहरुलाई लक्षित गर्दे घुम्रपान एवम् क्यान्सर बिरुद्घ गोष्ठि सपन्न भएको छ।

कार्यक्रममा प्रमुख बक्ताको रुपमा भरतपुर क्यान्सर हस्पिटलको बरिष्ठ डाक्टर एवम् प्याथोजीलिष्ट मेघराज सापकोटा र राष्ट्रिय युवा परिषद, नेपाल चितवन जिल्ला शाखाको अध्यक्ष, लायन्स क्लव अफ बालकुमारीको सदस्य र यस एग्रीक्लचरको संस्थापक उपाध्यक्ष मनोज कडेलले सहभागीहरुलाई बिशेष गरी युवा अवस्थामा कसरी कुलतमा परिन्छ र त्यसबाट कसरी आफुलाई बचाई समाज अनि राष्ट्रमा आफ्नो पहिचान दिन सकिन्छ भन्ने कुरामा जोड दिनु भएको थियो। युवा अवस्था भनेको काँचो माटो जस्तै हो र यसलाई जुन आकार प्रकार दिन युवा अवस्थामा सकिन्छ त्यो नै भविष्यको यथार्थ चित्रण हो भनेर भुगर्व बिज्ञानको बरिष्ठ अनुसन्धान बिध सरस्वती कडेल र यस एग्रीक्लचरको संस्थापक अध्यक्ष दिनेश पन्तले बिशेष जोड दिनु भएको थियो।

भरतपुर क्यान्सर हस्पिटलको बरिष्ठ डाक्टर मेघराज सापकोटाले नेपाली युवाहरु धुम्रपानमा कसरी पर्छन वा फस्छन, धुम्रपानमा लागि धेरै मान्छेहरुको मुत्यु भईरहेको छ र यो संख्यालाई कसरी कम गर्न सकिन्छ भन्ने कुरामा बिशेष जोड दिनु भएको थियो । त्यसै गरी उहाँले सहभागीहरुलाई समयमानै क्यान्सर रोगको उपचार गरे निको हुने कुरा , क्यान्सर रोगबाट बच्ने उपायहरु एवम् क्यान्सर रोगको लक्षणहरुको बारेमा पनि सहभागीहरुलाई जानाकारी दिनु भएको थियो । क्यान्सर लाग्नु भन्दा लाग्न लदिनु नै राम्रो हो भन्ने कुरा सहभागीहरु सँग राख्नु भएको थियो।

कार्यक्रममा राष्ट्रिय युवा परिषद, नेपाल चितवन जिल्ला शाखाको अध्यक्ष, एस एग्रीक्लचरको संस्थापक उपाध्यक्ष एवम् लायन्स क्लव अफ बालकुमारीको सदस्य मनोज कडेल ज्यूले बातारणलाई सहि ढँगले जोगाई युवाहरुलाई पर्याबरण जोगाउने अभियान तर्फ उन्मुख हामी र राष्ट्रले गर्न सक्यो भने अवश्य पनि नेपालको प्रमुख ठूलो सम्पत्तिलाई सहजै ढँगबाट जोगाउन सकिन्छ भन्दै आफ्नो भनाई टुङ्गयानु भएको थियो।

कार्यक्रममा सहभागीहरुको उत्साहजन सहभागीताले आयोजक पूर्ण रुपमा सन्तुष्टी हुदै सबै सहभागीहरुलाई धन्यबाद दिदै कार्यक्रम समापन गरियो।





Comments

comments

142