Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

उपनिर्वाचनमा परिचालन गरिने पर्यवेक्षकहरुका लागि प्रशिक्षण

एचकेनेपाल डट कम संवादादाता-
चितवन ६ असार। चितवन क्षेत्र नम्वर ४ मा आगामी असार ८ गते हुने उपनिर्वाचनमा परिचालन गरिने पर्यवेक्षकहरुका लागि शुक्रवार छोटो अवधिको प्रशिक्षण दिईएको छ।

लोकतन्त्र तथा निर्वाचन पर्यवेक्षण (डियु–नेपाल) चितवनले आयोजना गरेको सो प्रशिक्षणमा ३० जना परिवेक्षकहरुको सहभागीता रहेको थियो। प्रशिक्षणमा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकृत महेश पौडेलले विद्युतीय मतदान र डियु–नेपालका कार्यक्रम अधिकृत शिवहरि ज्ञवालीले पर्यवेक्षकले गर्नुपर्ने काम र कर्तब्यका वारेमा सहजीकरण गरेका थिए। डियु–नेपाल चितवनका अध्यक्ष केपिकिरण शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा डियु–नेपाल चितवनका सदस्य शिशिर सिंखडाले तालिमको उद्धेश्यका वारेमा जानकारी गराएका थिए। ड्यु नेपाल चितवनकी कार्यक्रम संयोजक सरिता पौडेलले सञ्चालन गरेको सो तालिममा मोवाईलवाट निर्वाचन पर्यवेक्षण गर्ने तरीकाको वारेमा समेत जानकारी गराईएको थियो।





Comments

comments

146