कोलोराडोमा मनु ब्राजाकीको एकल गजल बाचन कार्यक्रम सम्पन्न

कोलोराडो प्रतिनीधि / एचकेनेपाल डट कम-
२१ जुन। अनेसास कोलोराडो च्याप्टरद्वारा जुन २१ तारिख शनिबारका दिन बरिष्ठ गजलकार मनु ब्राजाकीको एकल गजल बाचन कार्यक्रम लेकुउडस्थित जेफर्सन काउन्टिको पब्लिक लाइेब्रेरिको हलमा सम्पन्न गर्‍यो।

कोलोराडो च्याप्टरकी अध्यक्ष आचार्य प्रभाको सभापतित्वमा कार्यक्रमको श्री गणेश च्याप्टरकी कोषाध्यक्ष तारा अधिकारीको स्वागत मन्तब्यबाट भएको थियो। लग्भग २० वटा जति गजलहरु गजलकार मनु ब्राजाकीले बाचन गरेर सुनाउनु भयो। न्यून उपस्थिति भएपनि कार्यक्रम बढो सौहाद्रपूर्ण सम्पन्न भएको थियो। गजलकार मनु ब्राजाकीले हरेक गजल बाचन गर्नुअघि गजलको पृष्‍ठभूमि बताउदै गजल बाचन गर्नु भएकोले गजलको रसास्वादान गर्न श्रोताहरुलाई सहज भएको थियो।

गजलकारले आफ्ना गजलहरुमा देशको बिकृति,बिसंगति,अस्थिर राजनीतिको भण्डाफोर र देशप्रेमप्रतिको भावना पोख्नु भएको थियो। उहाँको गजल बाचनले सबैलाई स्तब्ध बनाएर गजल बाचन परिवेश बढो शान्तसँग सम्पन्न भएको थियो। केही समयको बिश्राम लिँदै गजलकारले गजल बाचन गर्नु भएको थियो।

गजल बाचनको मध्य समयमा च्याप्टरका उपाध्यक्ष राजु सिटौलाले उहाँको जीवनीबारे स्लाइड सो देखाउनु भएको थियो। बढो उत्साहको साथमा गजलबारे ब्याख्या गर्दै उहाँले आफ्ना हरेक गजलले गजलअनुरागीहरुलाई मग्न बनाउनु भएको थियो। कार्यक्रमको अन्त्यमा आफ्ना दुई शब्द राख्न्दै लामो समयदेखिको गजल लेखनको जीवनमै यति लामो समयसम्म आफ्ना यत्तिका गजल बाचन गर्ने अवसर पाउनु भएकोमा अनेसास कोलोराडो च्याप्टरलाई धन्यवाद दिदै आफ्नो गजल बाचन समाप्त भएको उद्घोष गर्नु भएको थियो।

कार्यक्रममा बिभिन्न संघ,संस्थाका प्रतिनीधिहरुको पनि उपस्थिति थियो। कार्यक्रमको अन्त्यमा दिनेश कार्कीले उपस्थित महानुभावहरुसँग कार्यक्रमबारे छोटो कुराकानी पनि गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित महानुभावहरुले अनेसास कोलोराडो च्याप्टरलाई बधाई तथा शुभकामना दिनु भएको थियो भने कार्यक्रमको समापन गर्दै सभापतिको तर्फबाट सबैलाई धन्यवाद ज्ञापन भएको थियो।





Comments

comments

130