भैरवनाथ रिमाल कदमलाई गीतकार संघ नेपालको स्रष्टा सम्मान

जानुका राई / एचकेनेपाल डट कम –
काठमाडौ, गीतकार संघ नेपालले २०७२ को राष्ट्रिय स्रष्टा सम्मान बरिष्ठ गीतकार भैरवनाथ रिमाल कदमलाई प्रदान गरेको छ। यसैगरी गीतकार जीवन मुकारुङका ‘जीवन गीत’ नामक कृति साथै ‘धोका दिने निर्मोही’ गीतको गीतकार दिलीप प्रियालाई बर्ष गीत पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल नाट्य तथा संगीत प्रज्ञाप्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठका बाहुलीबाट भैरवनाथ रिमाल कदमलाई एकलाख रूपैया धनराशिसहित ताम्रापत्र प्रदान गरेको छ।

कार्यक्रममा भिमु मेमोरियल ट्रस्ट संस्थाकी अध्यक्ष एवम् नेपाल गीतकार संघका आजीवन सदस्य गीतकार तथा पत्रकार जानुका राईले आफ्नो संस्थाबाट नेपाल गीतकार संघलाई नेपाली रुपैयाँ चालिस हजार मुल्य बराबरको कम्प्यूटर हस्तान्तरण गरिन्।

संघले बर्षेनी दशवटा गीतहरूलाई उत्कृष्ट पुरस्कार दिने क्रममा यो बर्ष भने रविन्द्र आशीष शैलीको, ‘आँखा खोल्दा तिमीलाई’, राधिका अधिकारीको ‘जति छाल आएपनि’, तुलसी बस्नेतको ‘तिमीलाई भुल्दैछु किस्ता किस्तामा’, किरण बरालको ‘ड़ोल्पाले चामल पा छैन’,लोकलाज अधिकारीको ‘जे गर्दा नि मिल्दैन’, महेश आचार्यको ‘आफ्नै घर सल्काएर’, नृपध्वोज खड़्काको ‘बरै ढल्यो’ र राजन ठकुरीको ‘बाटो मोड़्ने छैनन’ छनौट गरी सम्मान गरेका छन् । यसै गरि चन्द्र चाम्लिङको प्रेमको तस्वीर र लक्ष्मी अधिकारीको ‘लक्ष्मी’ गितीसंग्रहलाई उत्कृष्ट कृतिको रुपमा छनोट गरी सम्मान गरिएको छ।

समारोहमा कुलपति श्रेष्ठले नेपाल गीतकार संघले गीत वाङमयको क्षेत्रलाई बलियो बनाउदै जीवन र जगतका प्रतिबिम्ब समेट्ने मानव जनजीवनका ढुकढुकी छाम्न सक्ने गीतहरूको गहिरो अध्ययन हुनुपर्छ भन्ने बिचार व्यक्त गरेका थिए । उनले नेपाल बाहिर रहेर पनि नेपाली साहित्य र नेपाली भाषाकालागि आफ्नो संस्थाको माध्यमबाट अतुलनीय योगदान पुर्याउन सफल भिमु मेमोरियलकी अध्यक्ष तथा पत्रकार जानुका राईलाई समाजका एक उदाहरणीय व्यक्तिको रुपमा प्रसंशा गरे । साहित्यकार तथा पत्रकार जानुका राईको ‘धर्तिको जन्म’ (गीति संङ्ग्रह),समर्पण गीति एल्वम साथै अन्य फुटकर गीत रचनाहरु श्रोता पाठक सामु पस्किसकेकी छिन्।





Comments

comments

Leave a Reply

13791