पल शाह र आंचल शर्मालाई लिएर ‘जोनी जेन्टलम्यान’ बनाउंदै नितिन चन्द

सौरभ श्रेष्ठ/ एचकेनेपाल डट कम –
म्युजिक भिडियोमा अभिनय गरेर थुप्रै फ्यानहरु बटुल्न सफल पल शाह ‘जोनी जेन्टलम्यान’ को रुपमा दोश्रो पल्ट चलचित्रको पर्दामा देखिदैछन्।

उनलाई लिएर चर्चित म्युजिक भिडियो निर्देशक नितिन चन्दले ‘जोनी जेन्टलम्यान’ बनाउदैछन् । उनले पहिलो पटक निर्देशन गर्न लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’को औपचारिक घोषणा बुधबार गरिएको छ।

योर स्टाइल टिभी मार्फत थुप्रै म्युजिक भिडियो तथा छोटा चलचित्र निर्माण गरि चर्चा कमाएका निर्देशक नितिन चन्द “हनी –बनि “ भिडियो निर्माणबाट चर्चामा आएका हुन् । अब आएर ठूलो पर्दाको चलचित्र निर्देशन गर्ने लागेका नितिनले आफ्नो पहिलो चलचित्र फरक कथा बस्तुमा नयाँ शैलीको चलचित्र बन्ने पत्रकार सम्मेलनमा जानकारी दिए।

म्युजिक भिडियोमा अभिनय गरेर थुप्रै फ्यानहरु बटुल्न सफल पल शाह र आंचल शर्माको मुख्य भूमिका रहने छ भने अन्य कलाकारहरुको बारेमा सार्बजनिक गरिएको छैन।

पल र आंचलको यो दोस्रो चलचित्र हो। यस अघि यी दुइ अभिनित चलचित्र ‘नाइँ न भन्नु ल ४’प्रदर्शन भइ सकेको छ । योर स्टाइलको प्रस्तुतीमा बन्ने चलचित्रमा ए.जी.इन्टरटेनमेन्टको सहकार्य रहनेछ।

कार्यक्रममा बोल्दै निर्देशक चन्दले यो चलचित्रमा आफूले जोनी कसरी जेन्टलम्यान बन्छ भन्ने देखाउन लागेको बताए । एउटा पात्रको परिवर्तनलाई चलचित्रमा देखाउने उनले बताए । यो चलचित्रमा पल चकलेटी अवतारबाट एक्सन अवतारमा बदलिनेछन् । चलचित्रका लागि नायक पल शाहले एक्सन, जिम्न्यास्टिकको तालिम लिइरहेका छन् । उनलाई चलचित्रका द्धन्द्ध निर्देशक प्रकाश विक्रम शाहले तालिम दिइरहेका छन् ।

चलचित्रमा हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ । प्रशान्त तामाङको नृत्य निर्देशन रहनेछ । चलचित्रका निर्माता एन्ड्रिउ पौडेल हुन् भने अजय मल्ल यसका कार्यकारी निर्माता रहेका छन् । चलचित्र अब छिट्टै नै फ्लोरमा जाने छ।





Comments

comments

Leave a Reply

13793