काठमाडौँ । राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८३’ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ।
सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्ताव प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।
यसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरुले भाग लिँदै आ–आफ्नो धारणा व्यक्त गरेका थिए। रासस


