रमेश खावाजु –
नेवा पुचः कोरियाद्वारा भक्तपुर निवासी ९ वर्षीय ब्रेन ट्युमर पीडित बालक मोयन सैंजुको उपचारको लागि सहयोग गर्न कोरियाबासी नेपालीहरूमा अपिल गरेका छन्।
नेवा पुचः कोरियाका अध्यक्ष सकिन श्रेष्ठले “मोयन सैंजु बचाऊँ अभियानमा” सहयोग गर्न दक्षिण कोरियामा रहेका नेवार समुदाय, कोरियाबासी नेपालीहरू, देश विदेशमा रहेका सम्पूर्ण नेवार समुदाय तथा नेपालीहरूलाई आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरी एक निर्दोष बालकको जीवन बचाउने अभियानमा साथ दिन अनुरोध गरेका छन्।
विगत ३ वर्षदेखि ब्रेन ट्युमर जस्तो जटिल रोगसँग साहसका साथ संघर्ष गरिरहेका मोयन सैंजु हाल काठमाडौंको वीर अस्पतालको न्युरोसर्जिकल वार्डमा उपचाररत छन्। ब्रेन ट्युमरको ३ पटक सफल शल्यक्रिया भइसकेको भए पनि रोग पुनः बल्झिएकाले अवस्था गम्भीर बन्दै गएको बिरामीका बुबा मोहन सैंजुले बताए। सैंजुले चिकित्सकहरूको सल्लाह अनुसार थप उपचार तथा जटिल शल्यक्रियाका लागि भारत लैजानुपर्ने र उपचारका लागि ठूलो आर्थिक रकम खर्च हुने बताए।
मोहन सैंजु सन् २००९ मा इपिएस मार्फत दक्षिण कोरियामा प्रवेश गरी सन् २०१४ मा नेपाल फर्केका थिए। भक्तपुर नगरपालिका वडा नं ९, तचपाल निवासी मिलनसार र सहयोगी मोहन सैंजुले कोरियामा हुँदा भक्तपुर समाज कोरियाको संस्थापक सहसचिव, नेवा पुचः कोरिया कार्यसमिति सदस्य तथा नेपाल यंग स्टार ग्रुप कोरियाको संस्थापक सदस्यको रूपमा सक्रिय रहेका थिए। कोरियामा विभिन्न संस्थाहरूमार्फत समाजसेवा, नेपाली तथा नेवारी कला संस्कृति, “बुद्ध नेपालमा जन्मेको हो” भन्ने “Buddha Born In Nepal” को प्रचार प्रसार तथा आपत् विपत् परेका नेपालीहरूलाई कोरिया तथा नेपालमा सहयोग गरेका थिए।
विगत ३ वर्षदेखि छोरा मोयनको ब्रेन ट्युमरको उपचार गर्दा गर्दै कोरियामा कमाएको पैसा पनि सिद्धिएको र हाल ऋण लिएर उपचार गरिरहेको मोहन सैंजुले भावुक हुँदै बताए। उपचारका लागि ठूलो आर्थिक रकम आवश्यक परेको तथा परिवार अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेकोले छोरा मोयन सैंजुको उपचारको लागि कोरियाबासी नेवार समुदाय, नेपालीहरू, देश विदेशमा रहेका नेवार समुदाय तथा नेपालीहरूमा सहयोगको लागि मोहन सैंजुले अनुरोध गरेका छन्।
कोरियाको लागि सम्पर्क व्यक्तिहरू
सकिन श्रेष्ठ – 010-2894-2048
राधे श्याम रंजितकार – 010-5798-6160
कोरियामा सहयोगको लागि बैंक विवरण र सम्पर्क नम्बर
खाता नं : 1002052533730
बैंक : Woori Bank (우리 은행)
खाता नाम : Radhe Shyam Karanjit (कोषाध्यक्ष)
सम्पर्क नं : 010-5798-6160
बिरामीका अभिभावकको विवरण
नेपालमा सहयोगका लागि बैंक विवरण
नाम: मोहन कृष्ण सैंजु
बैंक: Sanima Bank Ltd.
ठेगाना: भक्तपुर नगरपालिका–९, भक्तपुर
खातावालाको नाम: Mohan Krishna Sainju
सम्पर्क नं: +977-9860322055
खाता नं: 023011060009309
(SANIMA SULAV SAVINGS PRIMARY)


