Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
संघीय गठबन्धन संयुक्त मोर्चा “संयुक्त संघीय मंच” कतारको प्रेस विज्ञप्ति – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

संघीय गठबन्धन संयुक्त मोर्चा “संयुक्त संघीय मंच” कतारको प्रेस विज्ञप्ति

कतारबाट तिलविक्रम थेवे –

प्रेस विज्ञप्ति

नेपालमा आन्दोलनरत २९ दलिय संघीयवादी पहिचानवादीहरुको गठबन्धनको संयुक्त मोर्चालाई आधार मान्दै संघीय समाजबादी फोरम नेपाल प्रवास समिति (नेपाली संघीय समाज कतार), संघीय लोकतान्त्रिक राष्ट्रिय मंच प्रवास समिति (संघीय लिम्बुवान सामाजिक मंच कतार) र राष्ट्रिय जनमुक्ति पार्टी नेपाल प्रवास समिति (जनमुक्ति मंच कतार) ले संयुक्त गठबन्धन गर्ने निर्णय गर्दै संयुक्त तीन वैचारिक संगठनहरुद्धारा संयुक्त मोर्चा “संयुक्त संघीय मंच” गठन गरिएको छ ।

संयुक्त संघीय मंचमा आगामी दिनमा संघीयता र पहिचानको पक्षधर वैचारिक संगठन, संघसस्था तथा व्यक्तिहरुलाई समेत आवद्ध गराउन सकिने र आवश्यतानुसार संयुक्त कार्यक्रमहरु प्रवासमा पनि गर्दै लैजाने गरी यो संयुक्त मोर्चा नेपाली संघीय समाज कतारको अध्यक्ष चन्द्रसेर राईको संयोजकत्वमा संघीय लिम्बुवान सामाजिक मंच कतारको अध्यक्ष नरेन्द्र एभेङ लिम्बु सहसंयोजक, जनमुक्ति मंच कतारका अध्यक्ष राज खम्बु सहसंयोजक र लिम्बुवान सामाजिक मंच कतारको महासचिव तिलविक्रम थेवे प्रवक्ता, नेपाली संघीय समाज कतारबाट प्रमोद श्रेष्ठ, हिराधन राई, गणेश राई, डीएन मगर संघीय लिम्बुवान सामाजिक मंच कतारबाट रेखा राई, डम्बर लिबाङ, जनमुक्ति मंच कतारबाट रामकिरण तामाङ, बुद्ध मगर र सहविर थापा मगर सदस्य रहेको “संयुक्त संघीय मंच” गठन गरिएको हो ।

प्रवासमा पनि संघीयता र पहिचानको पक्षमा नेपाली समुदायलाई सचेत गराउदै कोही कसैको अलमलमा नपरी संघीयता र पहिचानको पक्षमा प्रवासबाट पनि जोडदाररुपमा लागिपर्न सचेत आदिवासी जनजाति, तराई मधेस र सवै नेपाली समुदायमा आव्हान गर्दै यो संयुक्त संघीय मंच गठबन्धन कतार संघीयता र पहिचानको पक्षमा नेपालमा आन्दोलनरत २९ दलिय मोर्चाको सवैखाले आन्दोलनप्रति प्रतिवद्ध रही ऐक्यवद्धता जाहेर गर्दछ ।

आदिवासी जनजातिहरुलाई अल्मलाउन खोज्ने संघीयता र पहिचानको खोल ओढेर अनेक तिगडमबाजी गर्दै संघियता र पहिचानको विरोध गर्ने, संविधान संशोधन गर्न नचाहने केही आदिवासी जनजातिहरु र नश्लवादी प्रवृतिका व्यक्तिहरु नेपालदेखि प्रवाससम्मै रहेकाले यस्ता प्रवृतिदेखि सचेत र होसियार रहदै सम्पुर्ण न्यायप्रेमी आदिवासी जनजाति संघीयता र पहिचानको पक्षधरहरु अव नेपालदेखि प्रवाससम्मै ऐक्यवद्ध भएर यस्ता धिनौना प्रवृति र अनुहारहरुको घोर निन्दा र भण्डाफोर गर्दै प्रवासमा समेत एकढिक्को रहन जरुरी भएको छ ।

साथै वर्तमान सरकार गठन गर्न २९ दलिय संघीय गठबन्धनसंग भएको ३ बुदे सहमतिको कार्यान्वयन हुनुपर्ने, सात प्रदेश खारेज भएर राज्य पुनसंरचनामा लिम्बुवान, खम्बुवान, तमुवान, मगरात, नेवा, ताम्सालिङ, थरुहट, खसान, तराई मधेस लगायतका पहिचानजन्य प्रदेशहरु हुनुपर्ने र संविधानमा समेत संबोधन हुनुपर्ने कुरामा २९ दलिय संघीय गठबन्धनसंग ऐक्यवद्धता जनाउदै कुनैपनि किसिमको अलमलबाट आदिवासी जनजाति संघीयवादी पहिचानवादी नेपाली समुदायहरु अव नअल्मलिन समेत अनुरोध गर्दै संघीय समाजबादी फोरम नेपाल प्रवास समिति (नेपाली संघीय समाज कतार), संघीय लोकतान्त्रिक राष्ट्रिय मंच प्रवास समिति (संघीय लिम्बुवान सामाजिक मंच कतार) र राष्ट्रिय जनमुक्ति पार्टी नेपाल प्रवास समिति (जनमुक्ति मंच कतार) द्धारा यो संयुक्त प्रेस विज्ञप्ती जारी गरिएको छ ।
जय संघीय नेपाल ।

राज खम्बु
अध्यक्ष
राष्ट्रिय जनमुक्ति पार्टी नेपाल प्रवास समिति (जनमुक्ति मंच कतार)

नरेन्द्र एभेङ लिम्बु
अध्यक्ष
संघीय लोकतान्त्रिक राष्ट्रिय मंच प्रवास समिति (संघीय लिम्बुवान सामाजिक मंच कतार)

चन्द्रसेर राई
अध्यक्ष
संघीय समाजबादी फोरम नेपाल प्रवास समिति (नेपाली संघीय समाज कतार)





Comments

comments

Leave a Reply

13971