टर्कीको असफल ‘कु’ पछि तनावमा रहेका टर्कीस सैनिकद्वारा अफगानिस्तानमा आत्महत्या

रोशन मेवाहाङ / एचके नेपाल डट कम-
कावुल,भाद्र ४,२०७३ । कावुल अन्तर्राष्ट्रिय विमान स्थलकालागि सुरक्षामा खटिएका टर्कीस सैनिक हामिदले आफनै शस्त्र प्रयोग गरी आत्महत्या गरेका छन् ।

कावुलमा आफनो कार्यकाल अवधि सकिएपछि हमिदले स्वदेश फर्कन प्रमुख कार्यलयमा अनुमति मागेका थिए । विडम्बना ‘कु’ को प्रहर चोटले कार्य अवधि सके पनि थप अवधि ४ महिना काबुल सुरक्षामा खटिन बाध्य बनाईएको थियो । उनले आदेश पाए लगतै आफु बस्ने कोठामा गइ आफूमाथि आफनै बन्दुक चलाई आत्महत्या गरेको स्रोतले बताएको छ ।

गत जुलाई १५ मा भएको असफल सैनिक विद्रोहपछि त्यसमा संलग्न संदिग्धहरूलाई पक्राउ गर्ने क्रममा टर्की सरकारले सरकारी कर्मचारी, सैनिक लगायत पत्रकारलाई समेत गिरफ्तार गर्ने क्रम जारी राखेको छ । अफगानिस्तामा खटिएका टर्कीस सैनिकहरुलाई थप केहि महिना खटिन मन्त्रालयबाट आदेश जाहेर भएको एक टर्कीस सैनिकले बताए ।

गोली चलाई आत्महत्या गरेका व्यक्ति ३३ बर्षीय हामिद रहेको पहिचान भएको छ । आत्महत्या हुँदा उनको हातमा बन्दुक रहेको तस्वीरहरु स्पष्ट देखाएका छन् । टर्कीमा भएको असफल सैनिक विद्रोहपछि घटनाको राष्ट्रियस्तरमा छानविन गर्ने क्रममा विद्रोहीका नाइके गुलेनसँग घनिष्ट रणनिती सम्बन्ध रहेको कावुलमा खटिएका सैनिक प्रमुख जेनेरल गत दुई हप्ता अघि फरार रहेको उनको गाडी चालकले जानकारी गराए ।

कावुल टर्कीस सुरक्षा फौजका प्रमुख जेनेरल फरार भएपछि, व्रिगेडियर अलि कावुलमा प्रमुख पदका लागि नियुक्ति भएका छन् । थप घटना हुन सक्ने सम्भावनालाई गम्भीर मध्यनजर गदै व्रिगेडियर अलिले यहाँका टर्कीस सैनिकहरुलाई उनले भने, यस्ता घटनामा हामीले सैनिकहरुलाई सुरुक्षित पार्न आवाश्यक रहेको र म पनि उनीहरु सगै काम गर्ने भएको हुनाले अप्रिय घटना हुदैनन भन्नेमा विश्वस्ता पारेको जनाए । घटना पछि पार्थिव शरिर स्वदेश टर्की लगिएको प्रमुख कार्यलयले जानकारी दिएको छ ।

उक्त सैनिक विद्रोहका नाइके फतुल्लाह गुलेन र उनका भतिजा मोहम्मद सइत गुलेन पलायन भई हाल अमेरिका निर्वासनमा छन् । गुलेनका प्रमुख सहयोगी हालिस हान्सी पक्राउ परेपछि उनले दिएको जानकारीको आधारमा हमिद पनि विद्रोहीको नामवलीमा परेका थिए । यसैको बाबजुद पनि हमिदले आत्महत्या गरेका आशंका गरेका छन् ।

टर्की र अफगानिस्तान विच विशेष घनिष्ट सम्वन्ध रहनुको कारण धार्मिक, ऐतिहासिक र संस्कृतिको मजबुत मित्रता रहेको छ । अफगानिस्तानको द्वन्दलाई स्थिरता दिन टर्कीसहरुले २०१२ बाट सहयोग गरिरहेका छन् ।





Comments

comments

Leave a Reply

13983