Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
डिसीमा गुञ्जियो सुरसुधा… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

डिसीमा गुञ्जियो सुरसुधा…

विजय थापा / एचके नेपाल डट कम-
वाशिंगटन डिसी। शास्त्रीय सांगीतिक समूह सुरसुधा अहिले अमेरिकाको बिभिन्न राज्यहरुमा एक महिने सांगीतिक प्रस्तुतीको यात्रामा रहेका छ।

अमेरिकाका राज्यहरु टेक्सास ,सिकागो ,न्युयोर्क आदि राज्यमा अगष्ट १९ तारिख भर्जिनिया तथा अगष्ट २० तारिख वाशिंगटन डिसीमा सुरसुधाको प्रस्तुति सम्पन्न भएको छ।

अगष्ट २१ तारिख बाल्टिमोरमा सुरसुधाले आफ्नो प्रस्तुति दिने छन्। नेपालको दिर्घकालीन सहयोगको लागि नेपालका लागि अमेरिकाका पूर्व राजदूत स्कट डेलेसीद्वारा स्थापित सोरवे फाउनडेसनको बिशेष पहलमा सुरसुधाको कार्यक्रम भइ रहेको छ।

ईम्पावर नेपाल टुर २०१६ नामक उक्त कार्यक्रम तथा सोरवे फाउनडेसनका कार्यकारी निर्देशक पूर्व अमेरिकन राजदूत स्कट डेलेसीले कार्यक्रम सुरु गर्नअघि सुरसुधा ल्याउनुको उदेश्य तथा आगामी दिनमा नेपाललाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा प्रकाश पारेका थिए। उनले म नेपाललाई ज्यादै माया गर्छु भन्दै सबैलाई साथ दिन आग्रह समेत गरेका थिए।

सुरसुधाको कार्यक्रममा बिशेष सहयोग गर्ने सबै नेपाली समुदाय ,संघ/संस्था , सौजन्यकर्ता ,संचार माध्यम , ब्यबसायी समेतलाई बिशेष धन्यवाद दिए। अमेरिकाका लागि नेपालका राजदूत अर्जुनकुमार कार्की पनि उपस्थित थिए।

कार्यक्रममा सुमन तिम्सिना तथा भिन्तुना अन्तर्राष्ट्रियको तर्फबाट राम चन्द्र खरेलले कार्यक्रम पूर्व सुरसुधाको बारेमा बोलेका थिए।

नेपालका लागि भूतपूर्व अमेरिकन राजदूत डेलेसीले नेपाललाई सहयोग गर्छु भन्ने इच्छा प्रकट गरेकोले हामी नेपाली भएको नाताले किन नेपालको लागि सहयोग नगर्ने भनेर अमेरिका आएको सुरसुधाका टोली प्रमुखले बताए। टोलीले खुशी ब्यक्त गर्दै मानव सेवाको लागि आफूहरुले पनि स्वयंसेवक रुपमा काम गरेको बताए।





Comments

comments

Leave a Reply

13988