उपचार गर्न हिँडेकी बुहारी डाक्टरसँगै होटलबाट पक्राउ परेपछि…

काठमाडौं – शुक्रबार, शनिबार र आइतबार राति प्रहरीले बिर्तामोडका होटलबाट यौनकर्मी पक्राउ गर्यो । यो कुनै नौलो कुरा त होइन । तर, कहिलेकाँही मात्र किन पक्रिन्छ भन्ने विषयचाहिँ बुझिनसक्नु छ। शुक्रबार राति पाँचवटा होटलबाट सञ्चालकसहित २१ जनालाई पक्राउ गरिएको खबर जनआस्था साप्ताहिकले छापेको छ।

त्यसमा ९ पुरुष १२ महिला थिए । पछिल्लो समय के चाहिँ प्रमाणित भयो भने नाम चलेकै अर्किड, दोभान, सिक्किम, नेवारी र मनिला होटेलले युवती राखेर यौनधन्दा सञ्चालन गर्दै आएका छन्।

अचम्म दिउँसो घरबाट उपचार गर्न भन्दै हिँडेकी बुहारी पनि त्यस मध्यरात होटलबाट पक्राउ परिन्। पक्राउ पर्नेमा डाक्टर पनि थिए । हस्पिटलका एक कर्मचारीले आइतबार साँझ टेलिफोनमा भने, ‘हाम्रो हस्पिटलका डाक्टर पनि पक्राउ परेका रै’छन् । नामचाहिँ थाहा पाए हुन्थ्यो नि!’

तर, डाक्टरको नाम प्रहरीले सार्वजनिक गर्न मानेनन् । पक्राउ पर्नेमा डाक्टर मात्र होइन, सांसदका आफन्त र सशस्त्र प्रहरीसम्म थिए। पक्राउ परेकाहरुलाई राति नै जिल्ला प्रहरी कार्यालय लगिए पनि ‘पावरफुल’हरुलाई छोडिसकेको स्रोत बताउँछ।

शुक्रबारको सफलतापछि हौसिएको प्रहरीले शनिबार पनि सोही कामलाई निरन्तरता दियो । विर्तामोडकै कसल होटलबाट सञ्चालकसहित ३ महिला र दुई पुरुष पक्राउ परेका छन् । ‘पक्राउ गर्न जाँदाको उनीहरुको अवस्था यहाँ बताइसक्नुछैन,’ एक प्रहरीले भने । आइतबार ए–वान होटलबाट २ महिला र १ पुरुषलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।





Comments

comments

Leave a Reply

14017