कोलोराडोमा Estate Planning सम्बन्धी विशेष कार्यशाला सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। नेपाली समुदायमा सम्पत्ति संरक्षण, पारिवारिक सुरक्षा तथा भावी पुस्तामा सम्पत्तिको व्यवस्थित हस्तान्तरणबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाली घरको आतिथ्यमा आयोजित Estate Planning Workshop सफलतापूर्वक सम्पन्न भएको छ।

करिब ५० जनाको सहभागितामा Trust, Will, Power of Attorney, Guardianship र सम्पत्ति हस्तान्तरणबारे विशेषज्ञद्वारा कोलोराडोको नेपाली समुदायलाई पहिलोपटक जानकारी गराइएको हो।

कार्यक्रममा सहभागीहरूले Trust, Will, Power of Attorney, Guardianship Documents, HIPAA Documents लगायत Estate Planning सँग सम्बन्धित विभिन्न कानुनी तथा वित्तीय विषयमा जानकारी प्राप्त गरेका थिए।

कार्यक्रमको सुरुवात नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा एक मिनेट मौनधारण गरेर गरिएको थियो। सहभागीहरूले विपत्तिमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएका थिए।

वित्तीय योजनाका चार आधारभूत पक्ष
कार्यक्रममा Shreeram P. Luitel (Registered Representative of Transamerica Financial Advisors) ले वित्तीय योजनाका चार महत्वपूर्ण पक्ष Create, Grow, Protect and Transfer बारे प्रारम्भिक प्रस्तुति दिएका थिए। Luitel ले सम्पत्ति कमाउनु मात्र पर्याप्त नभई कमाएको सम्पत्तिको संरक्षण तथा आफूले चाहेको व्यक्ति वा भावी पुस्तामा व्यवस्थित हस्तान्तरण गर्ने योजना पनि वित्तीय व्यवस्थापनको महत्वपूर्ण हिस्सा भएको बताए।

उनले आफू FINRA-licensed representative का रूपमा वित्तीय शिक्षा तथा उपलब्ध वित्तीय समाधानबारे समुदायका सदस्यहरूलाई जानकारी प्रदान गर्दै आएको उल्लेख गरे। उनका अनुसार:
– Create — आम्दानी र सम्पत्ति निर्माण गर्ने।
– Grow — निर्माण भएको सम्पत्तिलाई दीर्घकालीन रूपमा वृद्धि गर्ने।
– Protect — परिवार र सम्पत्तिलाई सम्भावित जोखिमबाट संरक्षण गर्ने।
– Transfer — आफूले चाहेको तरिकाले सम्पत्ति भावी पुस्तालाई हस्तान्तरण गर्ने।

“वित्तीय योजना पैसा कमाउने वा लगानी गर्ने विषयमा मात्र सीमित हुँदैन। हामीले निर्माण गरेको सम्पत्तिको संरक्षण र उचित हस्तान्तरण पनि उत्तिकै महत्वपूर्ण हुन्छ,” Luitel ले बताए। कार्यक्रमको मुख्य विषय Protect and Transfer भएकाले उनले Estate Planning को कानुनी पक्षबारे जानकारी दिन Senior Attorney Simrik Sah लाई मुख्य वक्ताका रूपमा परिचय गराएका थिए।

Trust र Will बीचको फरकदेखि Guardianship सम्म
Senior Attorney Simrik Sah ले Estate Planning का विभिन्न पक्षलाई सरल र व्यवहारिक उदाहरण तथा community-based case studies मार्फत प्रस्तुत गरेकी थिइन्।

कार्यशालामा विशेषगरी निम्न विषयमा छलफल गरिएको थियो:
– Trust र Will बीचको मुख्य फरक
– Trust किन र कहिले आवश्यक पर्न सक्छ?
– Power of Attorney के हो र यसको महत्व के हो?
– Guardianship Documents किन आवश्यक हुन सक्छ?
– HIPAA Documents को भूमिका
– Trust को control र management कसरी व्यवस्थित गर्ने?
– Minor children का लागि Estate Planning
– Special-needs children का लागि आवश्यक planning
– आफू निर्णय गर्न नसक्ने अवस्थामा कानुनी अधिकार कसरी व्यवस्थापन गर्ने?
– आफ्नो मृत्यु वा अनुपस्थितिपछि सम्पत्ति कसरी व्यवस्थापन गर्ने?
– परिवारका सदस्यबीच भविष्यमा हुन सक्ने विवादलाई कसरी कम गर्ने?
– भावी पुस्तामा सम्पत्ति व्यवस्थित रूपमा कसरी हस्तान्तरण गर्ने?

Sah ले Estate Planning केवल धेरै सम्पत्ति भएका व्यक्तिका लागि मात्र आवश्यक विषय नभएको बताउँदै प्रत्येक परिवारले आफ्नो पारिवारिक अवस्था, सन्तान र सम्पत्तिको प्रकृति अनुसार उचित योजना बनाउनुपर्नेमा जोड दिइन्। उनले कार्यक्रम शैक्षिक उद्देश्यका लागि मात्र आयोजना गरिएको स्पष्ट पार्दै सहभागीहरूलाई आफूले चाहेको कुनै पनि attorney सँग परामर्श गर्ने पूर्ण अधिकार रहेको बताइन्।

 प्रश्नोत्तरमा सहभागीको सक्रिय सहभागिता
कार्यक्रमको प्रश्नोत्तर सत्रमा सहभागीहरूले विभिन्न पारिवारिक तथा सम्पत्ति सम्बन्धी महत्वपूर्ण प्रश्नहरू राखेका थिए। Attorney Sah ले सहभागीहरूका प्रश्नलाई case study तथा व्यवहारिक उदाहरण मार्फत स्पष्ट पारेकी थिइन्।

विशेषगरी नाबालक सन्तान, special-needs भएका परिवारका सदस्य, Trust को control, guardianship तथा आफू उपस्थित नभएको अवस्थामा सम्पत्ति व्यवस्थापन गर्ने विषयमा सहभागीहरूको विशेष चासो देखिएको थियो।

सहभागीका लागि दुई घण्टाको निःशुल्क consultation
कार्यक्रममा Attorney Simrik Sah ले सहभागीहरूका लागि विशेष रूपमा दुई घण्टासम्मको consultation निःशुल्क उपलब्ध गराउने घोषणा गरेकी थिइन्।

यसका लागि:
– Appointment भन्दा कम्तीमा दुई दिनअघि आवश्यक asset information उपलब्ध गराउनुपर्ने।
– आवश्यक जानकारी उपलब्ध नगराएमा appointment स्वतः cancel हुन सक्ने।
– Consultation लिएपछि अगाडि बढ्ने वा नबढ्ने निर्णय पूर्ण रूपमा सहभागीको स्वतन्त्र इच्छामा रहने।
– कुनै पनि सहभागीलाई कानुनी सेवा लिन बाध्य नपारिने।

कार्यक्रमपछि धेरै सहभागीहरूले व्यक्तिगत consultation का लागि appointment लिएका थिए।

समुदायका प्रतिनिधिहरूको सकारात्मक प्रतिक्रिया
कार्यक्रमको अन्त्यतिर सामाजिक अभियन्ता Vijaya Raj Sharma ले Estate Planning सम्बन्धी जानकारी नेपाली समुदायका लागि महत्वपूर्ण रहेको बताए। उनले आफू पनि Trust निर्माण गर्ने प्रक्रियामा रहेको जानकारी दिँदै समयमै सम्पत्ति व्यवस्थापनको योजना बनाउनु आवश्यक रहेको उल्लेख गरे।

त्यस्तै सामाजिक अभियन्ता Ramesh Gurung ले Estate Planning बाट प्राप्त हुने “peace of mind” को महत्वबारे चर्चा गरे। आफूले जीवनभर मेहनत गरेर निर्माण गरेको सम्पत्ति आफू नरहेको अवस्थामा कसरी र कसलाई वितरण गर्ने भन्ने विषयमा पहिले नै योजना बनाउनु महत्वपूर्ण रहेको उनको भनाइ थियो।

नेपाली घरका अध्यक्ष Ganga Chaulagain ले पनि कार्यक्रमको प्रशंसा गर्दै नेपाली समुदायमा यस्ता educational programs को आवश्यकता रहेको बताए। उनले नेपाली समुदायले अपेक्षा गर्ने communication तथा आवश्यक सहजीकरणलाई ध्यान दिन Attorney Sah लाई आग्रह गरेका थिए। Sah ले समुदायलाई आफ्नो क्षमता अनुसार सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

सहभागीहरूले नेपाली भाषाको कार्यक्रमलाई स्वागत गरे
कार्यक्रममा सहभागी Sangita Bajracharya र Rustam Bajracharya दम्पतीले आयोजक तथा host लाई धन्यवाद दिँदै नेपाली भाषामै यस्तो महत्वपूर्ण जानकारी प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरे।

Sarad Shrestha, Animesh Shrestha र Sarmila Shrestha ले पनि कार्यक्रमबाट उपयोगी जानकारी प्राप्त भएको प्रतिक्रिया दिए। कार्यक्रमको महत्व बुझी रोहित श्रेष्ठको परिवार स्टिमबोर्डबाट ४ घण्टा ड्राइभ गरी सहभागी भएका थिए।

Dhana Poudel ले आफूले लामो समयदेखि खोजिरहेको जानकारी कार्यक्रममा प्राप्त भएको बताइन्। उनले महिलाहरूका लागि पनि यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै Ladies Group तथा Sisters Group लाई लक्षित गरेर थप कार्यक्रम आयोजना गर्न सुझाव दिइन्।

उनले आगामी दिनमा Retirement Planning, Women Financial Awareness, महिलाहरूका लागि विशेष financial education, परिवार केन्द्रित financial planning जस्ता कार्यक्रम आयोजना गर्न अनुरोध गरिन्।

कार्यक्रममा सहभागी SMD Dinesh Karki र Bishnu Gaire ले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे। Bhola Katuwal ले कार्यक्रम उपयोगी भएको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

आगामी दिनमा थप Financial Education कार्यक्रम
कार्यक्रमका facilitator Shreeram Prasad Luitel ले सहभागीहरूलाई Estate Planning को महत्व आफ्ना परिवार, आफन्त तथा loved ones सम्म पुर्‍याउन आग्रह गरे।

उनले समुदायको आवश्यकता र मागअनुसार आगामी दिनमा थप financial education कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए। प्रस्तावित विषयहरूमा Retirement Planning, Tax Planning, Estate Planning, Women Financial Awareness, Family Financial Planning, Asset Protection, Wealth Transfer Strategies लगायतका विषय समेटिने जानकारी दिइएको छ।

आगामी चार महिनाभित्र पुनः Estate Planning Workshop
कार्यक्रमका facilitator Shreeram Prasad Luitel ले सहभागीहरूको उत्साह, जिज्ञासा र सकारात्मक प्रतिक्रियालाई ध्यानमा राख्दै आगामी चार महिनाभित्र पुनः अर्को Estate Planning Workshop आयोजना गरिने जानकारी दिए।

उनले आगामी कार्यशालामा पनि Trust, Will, Power of Attorney, Guardianship, Asset Protection तथा Wealth Transfer लगायतका विषयलाई थप व्यवहारिक case studies सहित प्रस्तुत गरिने बताए। समुदायका सदस्यहरूले समयमै आफ्नो परिवार, सम्पत्ति र भावी पुस्ताका लागि आवश्यक योजना बनाउन सकून् भन्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ थियो।

आगामी दिनमा Estate Planning सँगै Retirement Planning, Tax Planning, Women Financial Awareness र Family Financial Planning सम्बन्धी छुट्टाछुट्टै शैक्षिक कार्यक्रमहरू पनि सञ्चालन गरिने जानकारी दिइएको छ।

Luitel ले सहभागीहरूलाई आज प्राप्त जानकारी आफ्ना परिवार, आफन्त तथा loved ones सम्म पुर्‍याउन आग्रह गर्दै “Estate Planning एउटा व्यक्तिको मात्र विषय नभई सम्पूर्ण परिवारको भविष्यसँग जोडिएको विषय हो” भन्ने सन्देश दिए।

करिब ५० जनाको सहभागितामा सम्पन्न पहिलो कार्यशालाप्रति सहभागीहरूको सकारात्मक प्रतिक्रिया र थप कार्यक्रमको मागलाई मध्यनजर गर्दै आगामी चार महिनाभित्र आयोजना हुने दोस्रो Estate Planning Workshop ले समुदायमा यस विषयसम्बन्धी थप चेतना र व्यावहारिक जानकारी विस्तार गर्ने अपेक्षा गरिएको छ।

 कार्यक्रमको मुख्य सन्देश
कार्यशालाले नेपाली समुदायमा सम्पत्ति निर्माणसँगै त्यसको संरक्षण र हस्तान्तरणको महत्वबारे थप चर्चा आवश्यक रहेको देखाएको छ।

“सम्पत्ति निर्माण गर्नु महत्वपूर्ण छ, तर आफूले निर्माण गरेको सम्पत्तिलाई सुरक्षित राख्नु र आफूले चाहेको तरिकाले भावी पुस्तामा हस्तान्तरण गर्ने योजना बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ।”





Comments

comments

140641