टेनिसमा अर्को इतिहास रच्दै पोखरेली टेनिस स्टार अभिषेक बाँस्तोला

–

पोखरा, २१ भाद्र। पोखरेली टेनिस स्टार खेलाडी अभिषेक बास्तोलाले नेपाली टेनिसमा अर्को इतिहास रच्दैछन्।

उनी एटीपी च्यालेन्जर ट्रफी खेल्ने भएका छन् । यो प्रतियोगिता खेल्न अभिषेक नेपालका पहिलो टेनिस खेलाडी हुन् । ७ देखि १३ सेप्टेम्बरसम्म भियतनामको फान थिएटस्थित नोभा वर्ल्डको हार्ड कोर्टमा उक्त च्यालेन्जर ट्रफी हुनेछ।

वाइल्ड कार्डबाट प्रवेश पाएका अभिषेकले क्वालिफायरमा जापानी खेलाडी युता कावाहासीविरुद्ध खेल्नेछन्।

–

कुल ६३ हजार अमेरिकी डलर पुरस्कार राशिको एटिपी च्यालेन्जरमा नेपालको प्रतिनिधित्व गर्न पाउनु नेपाली टेनिस र आफ्नो लागि ऐतिहासिक उपलब्धि भएको अभिषेकले बताए।

जापानमा हुने २० औँ एसियाली खेलकुदको तयारीको रूपमा अभिषेकले विभिन्न देशमा भएका प्रतियोगिता खेलिरहेका छन् । सम्भवतः यो प्रतियोगितापछि उनी अर्को एक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन् । त्यसपछि उनी एसियाडका लागि जापान जाने छन्।

–

एसियाडमा अभिषेकको चौथो सहभागिता हो । यसपटकको एसियाडमा केही फरक र उत्कृष्ट प्रदर्शन दिने अभिषेकले अपेक्षा लिएका छन्। उनले आफ्नो यसपटकको एसियाड सहभागितालाई प्रदर्शनको हिसाबले फलदायी बनाउने बताए।

–

पछिल्लो समय उनले विभिन्न प्रोफेसनल टुरमा राम्रो सफलता पाइरहेका छन्। त्यसले पनि यो एसियाडमा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने बाँस्तोलाको भनाइ छ।





Comments

comments

140727