न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १६ अक्टोबर। क्विन मेरी अस्पतालमा उपचाररत १३ वर्षीय बालकको कलेजो फेल भएपछि अस्पताल प्रशासनले तत्काल कलेजो दाताका लागि सार्वजनिक अपिल गरेको छ।
ती बालकको अवस्था अत्यन्तै गम्भीर रहेको छ र चिकित्सकहरूले तत्काल कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएका छन्। यदि हङकङमा उपयुक्त दाता पाउन सकिएन भने, मुख्यभूमि चीनसँग समन्वय गरेर सहयोग माग्ने प्रक्रिया पनि समावेश छ।
यदि तपाईँ वा तपाईँको कोही चिनजानका व्यक्ति अंगदान गर्न इच्छुक हुनुहुन्छ भने, कृपया क्विन मेरी अस्पतालको कलेजो प्रत्यारोपण टोलीसँग वा अस्पताल प्रशासनसँग सम्पर्क गर्न साथै स्वास्थ्य विभागको Central Organ Donation Register मा गएर पनि अंगदानका लागि दर्ता गर्न सक्नुहुन्छ।


